arrow

इयुले सुरक्षा बजेट बढाएकोमा राष्ट्रसंघको चिन्ता

logo
प्रकाशित २०७४ असार ३ शनिबार
eu.png

संयुक्त राष्ट्रसंघ । युरोपेली युनियनले सुरक्षा क्षेत्र अन्तर्गत सैनिक खर्च बढाएको समाचारप्रति संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

युरोपेली युनियनले उसको बजेटमा सुरक्षा खर्चको मात्रा बढाउन लागेको बताएको थियो । युरोपेली आयोगका अध्यक्ष जिन क्लाउड जंकरले सो कुराको खुलासा गरेका हुन्न । उनले युरोपेली युनियनले आफ्नो सैनिक बजेटमा बढोत्तरी गरी कम्तीमा पनि पूरै खर्चको १.३ प्रतिशत बनाएको हो । यसप्रति कतिपय अन्य पदाधिकारीले पनि विरोध जनाएका थिए । 

तर संयुक्त राष्ट्रसंघले यसअघि पनि युनियनलाई सुरक्षाको सट्टामा मानवीयतासम्बन्धी खर्चमा बृद्धि गर्नुपर्ने भन्दै आग्रह गर्दै आएको थियो । यसको सट्टा युरोपेली युनियनले युनियनको कुल ग्राहस्थ्य उत्पादनको कम्तीमा पनि १.३ प्रतिशत बजेट सैनिक खर्चका रुपमा छुट्टाइएको छ । 

पाराग्वेमा गत जुन ९ मा सम्पन्न राष्ट्रसंघीय एक सम्मेलनमा आयोग अध्यक्ष जंकरले युरोपेली युनियनले मानवीय सहायतासम्बन्धी कार्यक्रमहरुमा खर्च बढाउनुपर्नेमा सुरक्षा खर्च धेरै बनाइएकोप्रति असन्तुष्टि व्यक्त गरेका थिए । त्यसलगत्तै संयुक्त राष्ट्रसंघको मानवीय सहायता मामिला सम्बन्धी संस्थाका प्रमुख जोन गङ्गले सो बजेटका सम्बन्धमा चिन्ता व्यक्त गरेका हुन् । उनले इयुलाई सुरक्षामा नभएर मानवीय सहायतासम्बन्धी आयोजनाहरुमा बजेट बढाउन आग्रह गरेका थिए । 

हाल युरोपेली युनियनको बजेटमा ०.७ प्रतिशत मात्र मानवीय सहायतासम्बन्धी शीर्षकमा छुट्टाइएको छ । यो बजेटको सिलिङ्ग बढाउन राष्ट्रसंघको आग्रह रहेको छ । गतहप्ता राष्ट्रसंघीय मुख्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले युरोपेली युनियनलाई मानवीय सहायता शीर्षकमा बजेट बढाउन र सो बजेटमध्येबाट कङ्गो र सेन्ट्रल अफ्रिकन रिपब्लिकमा छुट्टाउन आग्रह गरेका  थियो । 

ती देशमा अहिले पनि द्वन्द्वको निकै ठूलो असर रहेकोले यस प्रकारको बजेटमा बृद्धि गरी मानवीय सहायताका क्षेत्रमा परिचालन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई थियो । ती द्वन्द्वग्रस्त देशका कम्तीमा पनि ७३ लाख नागरिकलाई तत्कालै मानवीय सहायता आवश्यकता परेको जानकारी पनि उनले दिए । 

उनले भने "यो जनसंख्यालाई तत्कालै सहायता चाहिनु भनेको सानो कुरा होइन । र अझ अर्काे कुरा गर्दा त्यहाँका १९ लाख बालबालिका अहिले नै कुपोषणबाट पीडित रहेका छन् र उनीहरुलाई तत्कालै पोषणयुक्त खानेकुराको ठूलो खाँचो छ" । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ