arrow

भारतीय राष्ट्रपतिले मानेन्न आम माफी दिन

logo
प्रकाशित २०७४ असार ३ शनिबार
Pranam-Mukharji.jpg.jpeg

नयाँदिल्ली । भारतका राष्ट्रपति प्रणव मुखर्जीले आफ्नो पाँच बर्षे कार्यकालमा मृत्युदण्डको सजाय सुनाइसकिएका ३० जना अपराधीलाई माफी दिन अस्विकार गरेका छन् । उनको कार्यकाल आउदो महिना सकिदैछ । 

पछिल्लो पटक मे महिनाको अन्तिम हप्ता राष्ट्रपति मुखर्जीले दुई जनालाई माफी दिन अस्विकार गरेका थिए । उनले माफी दिन अस्विकार गरेका मध्ये एकजना चार वर्षीया बालिकालाई बलात्कार गरेको अभियुक्त पनि थिए । इन्डोरको मध्यशहरमा भएको त्यो घटनामा उनीसँगै अरु तीन जना पनि संलग्न थिए । त्यसैगरी माफी नपाउने अर्का व्यक्ति भने सन् २००७ मा पश्चिमी शहर पुनेमा मानव हत्यामा संलग्न व्यक्ति हुन् । 

यिनै  दुई घटनामध्ये पहिलो घटनामा संलग्न तीन जना र दोस्रो घटनामा संलग्न दुई जनालाई अदालतले मृत्युदण्डको सजाय सुनाइसकेको छ । राष्ट्रपतिले उनीहरुको आममाफीको अपिल नसुनेपछि अब उनीहरलाई झुण्डाएर फासीको सजाय दिइने छ । राष्ट्रपतिबाट माफी पाउन अस्विकार भएका अरु २८ जना मध्ये एक जना मुम्बइमा सन् २००८ मा भएको नरसंहारमा संलग्न अजमाल अमिर कसाब पनि रहेका छन् । अव राष्ट्रपति मुखर्जीसमक्ष आममाफी नदिन गरिएका अपिलको सूची पनि छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ