दाङ। तुलसीपुर उपमहानगर पालिकाका मेयर पदका उम्मेदवारहरुले तुलसीपुरलाई सम्वृद्ध तुलसीपुर बनाउने प्रतिवद्धता ब्यक्त गरेका छन । शनिबार दाङको तुलसीपुरमा एभिन्युज टेलिभिजनले आयोजना गरेको निर्वाचन जनप्रतिनिधिको कार्यक्रममा बोल्दै उनिहरुले तुलसीपुरको समग्र बिकासकालागी लागि पर्ने प्रतिवद्धता ब्यक्त गरेका छन ।
प्रमुख दलका उम्मेदवारहरुले तुलसीपुरलाई स्मार्ट सिटि सहित उज्यालो तुलसीपुर , क्लिन तुलसीपुर लगाएतका बिकास निमार्ण गर्ने बताएका हुन । सो कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीले आफनो उम्मेदवारी तुलसीपुर उपमहानगर पालिका भित्र शिक्षा , स्वास्थ्य , खानेपानी , सरसफाई सहित छीटो छरितो सेवा दिनका लागी भएको बताए ।उनले आफु तुलसीपुरमै जन्मेको र हुर्केको हुदा यहाँको बिकासको बारेमा आफु जानकार रहेको बताए । गिरीले आफ मेयर भएमा सवै वडामा समानुपातिक बिकास गरेर तुलसीपुरलाई सम्वृद्ध तुलसीपुर बनाउने बताए ।
त्यसैगरि कार्यक्रममा बोल्दै एमालेबाट मेयर पदका उम्मेदवार घनश्याम पाण्डेले तुलसीपुरको विकासमा आफु लागी पर्ने प्रतिवद्धता ब्यक्त गरे । तुलसीपुर उपमहानगर पालीका लागी बिकासको गतिमा अगाडि वढाउन आफुसंग भिजन र मिसन भएको भन्दै ५ वर्षमा तुलसीपुर लाई देशकै बिकास योग्य उपमहानगर बनाउने बताए ।
त्यसैगरि कार्यक्रममा नेकपा माओबादि केन्द्रका मेयर पदका उम्मेदवार शेषुराम भण्डारिले आफनो उम्मेदवारी भ्रष्टाचार रहित उपमहानगर बनाउन भएको बताए । माओबादिकै कारण मुलुक उज्यालो बनेको बदाउदै उनले बार्षिक आय दर समेत माओबादिकै कारण वृद्धि भएको बताए । उनले तुलसीपुरमा आफुले जिते बिकासले गति लिने बताए ।
त्यसैगरि नयाँ शक्ति पार्टिका मेयर पदका युवा उम्मेदवार जिवन भण्डारिले आफनो उम्मेदवारि तुलसीपुरलाई स्मार्ट सिटि बनाउनका लागी भएको बताए । उनले आफुले दैनिक जसो बिदेशिने युवा पलाएनलाई रोक्दै युवाहरुलाई स्वरोजगार बनाउने कार्यक्रम ल्याउने बताए ।