arrow

कसले कमजोर बनाउँदैछ अमेरिकालाई ?

logo
कल्की अवतार
प्रकाशित २०७४ असार ४ आइतबार
shutterstock_117505006-800x536.jpg

काठमाडौं । विश्वको शक्तिराष्ट्र बन्ने चाहना विश्वका सबै मुलुकलाई हुन्छ तर सबैले यो स्थान हासिल गर्न सक्दैनन् । अहिले अमेरिका विश्वको शक्ति राष्ट्रको रुपमा रहेको छ । विश्वमा आफ्नो प्रभुत्व विस्तार गर्न चाहने मुलुक पछिल्लो समय भने केही कमजोर बन्दै गएको पाइएको छ । विश्वको पहिलो स्थानमा रहेको अमेरिका अबको केही समयमा नै विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक बन्नसक्ने देखिन्छ ।

पछिल्लो समय चीनको आर्थिक विकासमा देखिएको  सुधार र अमेरिकाको कमजोर किसिमको राजनीतिक नीतिको कारण अमेरिका कमजोर बन्नसक्ने देखिन्छ । विशेषगरी पछिल्लो समय अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि भने अमेरिका कमजोर हुने संकेतहरु देखिएको छ । 

अमेरिकामा नयाँ राष्ट्रपति आउँदैमा अमेरिका कमजोर हुने कुनै कारणहरु थिएन तर आफ्नो भूमिकामा स्पष्ट हुन नसकेको कारण ट्रम्पप्रति धेरैको विश्वास कमजोर देखिएको हो । अमेरिकामा ट्रम्प आउनुलाई चीनले अमेरिका कमजोर पार्ने एक महत्वपूर्ण अवसर रहेको बताएको थियो । त्यतिबेला देखि नै ट्रम्प र चीनको दूरी बढ्ने स्पष्ट देखिएको थियो । यद्यपि त्यसअघि निर्वाचन प्रचारको क्रममा पनि चीनको विरुद्धमा विभिन्न किसिमका अभिव्यक्ति दिइरहेको अवस्थामा चीनबाट अमेरिकी राष्ट्रपतिको विपक्षमा विज्ञप्ति आउनु स्वाभाविक थियो । 

यसरी सुरु भएको ट्रम्पको चीनसँगको एक किसिमको लडाइँको अर्को महत्वपूर्ण भागको रुपमा ‘एक चीन नीति’ रहेको थियो । यसै क्रममा ट्रम्पले ताइवानी राष्ट्रपतिसँग फोनवार्ता गरी चीनलाई धक्का दिने प्रयास गरेका थिए । त्यतिबेला उनी राष्ट्रपति नभइसकेको कारण अमेरिकाले यो उनको निजी विचार रहेको र अमेरिकाको विचार नरहेको बताएको थियो । उनले राष्ट्रपति भएपछि भने चीनसँग पौंठाजोरी खोज्ने हिम्मत गरेनन् र यो विवाद यतिमै सीमित रहन पुग्यो । 

चीनप्रति निकै अनुदार सोचाइ राख्ने ट्रम्प राष्ट्रपति हुँदाको समयमा उनले ल्याएका कुनै पनि योजनाले चीनलाई कमजोर राख्न सकेन । उनले ल्याएका कुनै पनि योजनाले चनिको अर्थतन्त्रलाई कमजोर बनाउन सकेन । ट्रम्प राष्ट्रपति बन्दासम्म चीनको अर्थतन्त्रमा निरन्तरको गिरावट जारी रहेको थियो र अघिल्लो वर्ष उसले २६ वर्षयताकै सबैभन्दा कमजोर आर्थिक वृद्धिदर हासिल गरेको थियो । यसरी हेर्दा ट्रम्प यस्तो अवस्थामा अमेरिकाको नेतृत्वमा पुगेका थिए, जुन अवस्ूथाबाट उनले चीनको अर्थतन्त्र कमजोर बनाउनको लागि थप सहयोग गर्न सक्थे । तर सुरुवाती छ महिनाको अवस्थामा चनिको अर्थतन्त्रमा चीनकै आँकलनभन्दा पनि बढी आर्थिक वृद्धिदर हासिल भएको देखिएको छ । 

वर्षको सुरुवाती छ महिनामा चीनको आर्थिक वृद्धिदर अघिल्लो महिनाको तुलनामा उल्लेख्य रहनसक्ने देखिएको छ । ट्रम्पको अर्को महत्वपूर्ण योजनामा अमेरिकाका रोजगारी फिर्ता ल्याउने योजनाहरु पनि रहेका थिए । योजनामा  पनि अमेरिकालाई खास्र सफल भएको मान्न भने सकिँदैन । अहिले रोजगारीको हिसाबमा अमेरिका लामो समययताकै सबैभन्दा बलियो अवस्थामा देखिएको छ तर उसको यो सफलताको आधार भने बाराक ओबामाको सरकार हो । उनले ल्याएको केही योजनाहरुको कारण अमेरिकाको रोजगारी बलियो अवस्थामा पुगेको हो । 

अमेरिकाले ल्याएका अन्य योजनाहरुले पनि आशा गरिएअनुसारको सुधार हासिल गर्न सकेको छैन । अमेरिकाको व्यापारिक सम्झौताबाट बाहिरिने निर्णय ट्रम्पको एक महत्वपूर्ण निर्णय हो । यस किसिमको निर्णयले चीनलाई फाइदा पुग्यो । अमेरिका व्यापारिक सम्झौताबाट बाहिरिएपछि त्यसले अन्य मुलुकहरुलाई अमेरिकाको विकल्पको खोज्नु आवश्यक देखियो र यसको विकल्पको रुपमा चीन देखा प¥यो । चीनले यस वर्ष आफ्नो व्यापारमा विस्तारका लागि विभिन्न किसिमका योजनाहरु अघि सारिरहेको छ र त्यसमा ऊ सफल पनि देखिएको छ । यसै क्रममा उसले आफ्नो  ‘वान बेल्ट, वान रोड’को योजनामा पनि केही मुलुकहरुलाई सामेल गराइसकेको छ । यो रोडको निर्माण कार्य पूरा गरेको खण्डमा उसलाई विश्वका ६५ मुलुकहरुमा आफ्नो व्यापारिक सम्बन्ध विस्तारको लागि फाइदा पुग्नेछ । 

आर्थिक विकासको अर्को महत्वपूर्ण आधार व्यापारिक सुधार हो । चीनले आफ्नो मुलुकको व्यापारिक विस्तारमा पनि यस वर्ष महत्वपूर्ण सुधार हासिल गरेको छ भने औद्योगिक उत्पादनमा पनि सुधार हासिल गरिरहेको छ । आफ्नो मुलुकमा व्यापार गर्न बाहिरबाट आउने उत्पादनहरुमा ३५ प्रतिशत कर लगाउने निर्णय गर्दै व्यापारिक क्षेत्रलाई साँघुरो बनाएको अमेरिकाको नीतिका विरुद्धमा चीनले भने आफ्नो बजारमा बिक्री गर्ने साना सवारीहरुमा केही कर छुट र प्रक्रियागत झन्झट पनि कम गर्न सहयोग पुग्यो । यसरी हेर्ने हो भने अमेरिका भएको आर्थिक सुधारको बाटो थुन्दै गयो भने चीन आफ्नो दायरा बढाउँदै लगेको देखिन्छ । यो चीनको लागि एक महत्वपूर्ण सुधारको संकेत हो भने अमेरिकाले अहिलेको थुनेको बाटोको आवश्यकता त्यतिबेला गर्नेछ जतिबेला त्यही बाटोबाट धेरै पछाडि रहेका मुलुकहरु अघि बढिसकेका हुनेछन् । 

अमेरिकी राष्ट्रपति ट्रम्पले वातावरणीय सम्झौतामा हस्ताक्षर नगरेसँगै विश्वमा ट्रम्पप्रति निकै नकारात्मक भावनाको विकास भइरहेको छ । अमेरिकामा नवीकरणीय ऊर्जाको विस्तारको मात्रामा कमी आएको छ भने कोइला उद्योगको विस्तारको योजना ट्रम्पको रहेको छ । यो योजनालाई धेरै अमेरिकीहरुले पनि मन पराएका छैनन् । अमेरिकाको यस किसिमको निर्णयले चीनलाई विश्वका धेरै मुलुकहरुलाई आफ्नो पक्षमा पार्न सहयोग पुग्ने देखिन्छ । विश्वका धेरै मुलुकहरुले वातावरणीय क्षेत्रमा चीनले लिएको निर्णय सकारात्मक रहेको बताइसकेका छन् । यसले पनि अमेरिकालाई धक्का पुग्नसक्ने देखिन्छ । 

ट्रम्पको अर्को महत्वपूर्ण निर्णय भनेको ‘सबैभन्दा पहिला अमेरिका’ भन्ने रहेको छ । यसले विश्वका अन्य मुलुकहरुलाई भने तिमीहरु आफ्नो बाटो लाग अमेरिका अहिले जे गर्छ आफ्नै लागि गरिरहेको छ भन्ने संदेश पुगेको छ । यसले अमेरिकाका सहयोगी मुलुकहरुले पनि अमेरिकाको अर्को विकल्प खोज्नसक्ने देखिएको हो । ट्रम्पले विश्वका विभिन्न सात मुस्लिम मुलुकहरुका मानिसहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने निर्णय गरेका थिए । यो घोषणालाई त्यहाँको न्यायालयले रोकिदिएको भए पनि यसले मुस्लिम मुलुकहरुमा अमेरिकाप्रति नकारात्मक छाप पर्न पुग्यो । त्यसै अमेरिकाले अहिले सहयोग दिइरहेका केही मुलुकहरुमा आफ्नो सहयोग कटौतीको निर्णय गरेको थियो । यसले अमेरिकाको नजिक रहेका मुलुकहरुलाई पनि टाढा जान प्रेरित गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ