arrow

अमेरिकी नयाँ प्रतिबन्धले‘सम्बन्धमा समस्या’ ल्याउनेछ : पुटिन

निर्वाचनमा हस्तक्षेप गरेको आरोपमा अमेरिकाले लगायो रसिया माथि कडा प्रतिबन्ध

logo
प्रकाशित २०७४ असार ४ आइतबार
Putin_Press_confrence.jpeg

मस्को (रसिया)। अमेरिकी सिनेटबाट पारित भएको एसियामाथि नयाँ प्रतिबन्ध लगाउने निर्णयले दुई देशको सम्बन्धमा जटिलता आउने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार एक रसियाली टेलिभिजनसँगको कुराकानीमा बताएका छन् ।

“पक्कै पनि यो निर्णयले रसिया–अमेरिकाबीचको सम्बन्धलाई थप जटिल बनाउने छ", रोसिया–१ टेलिभिजनलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति पुटिनले भने। “मलाई लाग्छ यो हानिकारक हुनेछ । यद्यपि यसबारे अमेरिकी आधिकारिक प्रतिक्रिया नआउँदासम्म कुरा गर्नु अपरिपक्वता हुन्छ ।”

तर पनि उनले रसियाले केही कुरा व्यवस्थापन गर्न चाहेको र केही थप कार्य गर्न चाहेको बताए  । रसियाली नेता पुटिनले भने – “अमेरिकी प्रतिबन्धले रसियालाई ‘गतिरोध वा विनास’ तर्फ लग्नेछैन ।”

उनले नयाँ प्रतिबन्धको कुरा कुनै प्रसङ्गबिना आएको र रसियालाई एक गम्भीर प्रतिद्वन्द्वीको रुपमा देखेकाले आएको बिहीबार एक प्रत्यक्ष रेडियो कार्यक्रममा बताएका थिए । पछिल्लो घटनाले अमेरिकी राजनीतिलाई थप सङ्घर्षपूर्ण बनाउने पुटिनको दाबी थियो ।

बिहीबार अमेरिकी सिनेटले निर्वाचनमा रसियाको हस्तक्षेप गरेको आरोपमा कडा प्रतिबन्ध लगाउने विषयलाई जबर्जस्त ढङ्गले पास गरेको थियो । यो विषय अब अमेरिकी प्रतिनिधिसभामा गएको छ । एएफ्पी

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ