arrow

सिरिया द्वन्द्व समाधान  वार्ता १० जुलाइमा

logo
प्रकाशित २०७४ असार ४ आइतबार
siriya-prision.jpg.jpeg

जेनेभा  । संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा हुने नयाँ चरणको सिरिया शान्ति वार्ता आगामी जुलाई १० मा जेनेभामा हुने सिरियाका लागि राष्ट्रसङ्घका प्रतिनिधि स्टेफन डे मिस्टुँराले  बताएका छन्। 

सिरियामा सन् २०११ देखि सुरु भएको छ वर्ष लामो द्वन्द्व अन्त्य प्रयासमा निराशा देखिएका बेला राष्ट्रसङ्घको यो निर्णय आएको हो । राष्ट्रसङ्घ प्रतिनिधि मिस्टुराले सिरिया द्वन्द्वबारे थप वार्ता अगस्त र सेप्टेम्बरमा सुरु गर्नेसमेत योजना भएको जानकारी गराए । सिरियाबारे संवैधानिक र कानुनी विषयका साथै वार्ताको औपचारिक सत्र जुलाइमा बोलाइने वार्तामा हुने बताएका छन । 

यसअघि राष्ट्रसङ्घको शान्तिवार्ता मे १९ मा सकिएको थियो र सो वार्तामा सत्ताधारी दल र विद्रोही पक्षबीच राष्ट्रपति बसर अल असदको भविष्यसहित प्रमुख विषयमा ठूलो अन्तर देखिएपछि वार्ता स्थगित भएको थियो । विद्रोहीले वर्तमान राष्ट्रपतिले सत्ताको नेतृत्व छाड्नुपर्ने कुरालाई प्रमुख विषय बनाउँदै आएका छन् भने सरकारले यो मागलाई ठाडै अस्वीकार गर्दै आएको छ । 

सिरियामा छ वर्ष लामो द्वन्द्वका कारण तीन लाख २० हजार नागरिकको मृत्यु भइसकेको राष्ट्रसङ्घको तथ्याङ्क छ । साथै द्वन्द्वबाट मुलुकको झन्डै आधा जनसङ्ख्या विस्थापित बनेको छ भने राष्ट्रव्यापी रुपमा ठूलो सङ्ख्यामा भौतिक संरचना ध्वस्त भएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ