arrow

आगलागीमा हराएका व्यक्तिहरु मारिएका आशङ्का

logo
प्रकाशित २०७४ असार ४ आइतबार
aaglaagi.jpg

लन्डन । बेलायतको लन्डनमा अवस्थित आवासीय भवन ‘ग्रेनफेल टावर’मा गत बुधबार रातिको समयमा भएको आगलागीमा परी हराएका व्यक्तिहरु मारिएको आशङ्का गरिएको छ ।
 
ती व्यक्तिहरु मारिएका भए सो सङ्ख्या ५८ पुग्ने प्रहरी कमाण्डरले शनिबार बताएका छन । प्रहरी कमाण्डरका अनुसार यसअघि नै यस घटनामा मारिएका व्यक्तिको सङ्ख्या ३० पुष्टी भईसकेका थियो । 
मृतकको सङ्ख्या ५८ पुगेपछि पनि यो परिवर्तन हुन सक्ने अनुमान गरिएको पनि प्रहरी अनुमान गरेको छ।बिबिसीले मृत्यु हुनेहरुको सङ्ख्या ७० जनाको हाराहारीमा हुन सक्ने एउटा रिपोर्टमा जनाएको छ । 

ग्रेटफेल टावर लन्डनको पश्चिमी क्षेत्रमा पर्दछ । यो सन् १९७० को दशकमा बनेको हो । पटक पटक गरेर त्यसमा अहिले १२० ओटा घरहरु गाभिएका छन् । 
बेलायती प्रधानमन्त्री थेरोसा मे घटनामा पिडित परिवारजनलाई सहयोग गर्न सरकार तयार रहेको बताएका छन् ।सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ