arrow

तेह्रथुमका दुई  गाउँपालिकामा कांग्रेस–माओवादी गठबन्धन

logo
हाम्रा कुरा
प्रकाशित २०७४ असार ५ सोमबार
aathrai-phedap-gaunpalika.png

तेह्रथुम। तेह्रथुमको फेदाप गाउँपालिकामा पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा उम्मेद्वारी दर्ता गराएका छन्। दुई दलले गठबन्धन गर्दै फेदाप गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका केशव प्रसाद भेटुवाल र माओवादी केन्द्रबाट शिव कुरुम्बाङले उम्मेदवारी दर्ता गराएका हुन्। 

यसअघि आठराई गाउँपालिकामा पनि नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका छन्। यसअघि आठराईमा पनि कांग्रेसका नारायण कुमार ईङनाम अध्यक्ष र माओवादी केन्द्रकी रमिला खनाल उपाध्यक्ष पदमा उम्मेदवार बनाएर कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए। जिल्लाका अन्य स्थानीय तहमा भने दुवै पार्टीले एकल उम्मेदवारी दर्ता गराएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ