थाइल्याण्ड बम विस्फोटमा ६ सैनिकको मृत्यु
प्रकाशित मिति : २०७४ असार ५ सोमबार

बैंकक। दक्षिणी थाइल्याण्डमा सोमबार भएको बम विस्फोटमा परी छ सैनिकको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका प्रहरीले स्रोतले जनाएको छ। थाइल्याण्डको राजधानी बैंककबाट १ हजार ५५ किलोमिटर दक्षिणमा पर्ने पत्तानी प्रान्तको थुङयाङ दाएङ सडकमा स्थानीय आतङ्ककारीहरुले बम आक्रमण गरेका थिए।
थाई प्रहरीका अनुसार छ सैनिकको मृत्यु हुनको साथै अन्य चारजना घाइते भएका छन् । थाईयाण्डको सुदुर दक्षिणमा रहेको पत्तानी, याला र नराथिवाटमा यसअघि पनि बारम्बार आक्रमण हुने गरेको पाइन्छ।
गस्तीमा रहेको करिब २५ जना सैनिकको टुकडीमाथि यो आक्रमण भएको थियो। विस्फोटको कारण र यसमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस÷सिन्ह्वा
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">