arrow

बाढीबाट असाममा ६९ हजार प्रभावित

logo
प्रकाशित २०७४ असार ५ सोमबार
assam-floods.jpg

नयाँदिल्ली। भारतको उत्तरपूर्वी राज्य असाममा आएको बाढीको कारण ६९ हजार व्यक्ति प्रभावित हुनुको साथै अन्य ४ हजार भन्दा बढी विस्थापित भएका छन्। भारतीय सरकारी रेडियो अल इन्डिया रेडियो (एआइआर) ले सोमबार यस विषयमा जानकारी दिएको छ । सो रेडियोले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै बाढीबाट असामको पाँच वटा जिल्ला प्रभावित भएको जानकारी दिएका छन् ।

पाँचवटा जिल्लाका करिब ६९ हजार व्यक्ति प्रभावित भएको एआइआरले जानकारी दिएको समाचारमा उल्लेख छ।

बाढी प्रभावित जिल्लाहरुमा उदाल्गुरी, विश्वनाथ, सोनीतपुर, लखिमपुर र दराङ रहेका छन् प्राप्त एक अर्को समाचारमा उदालगुरी सोनीतपुर जिल्लाका करिब ४ हजार व्यक्तिलाई शरणार्थी शिवीरमा राखिएको जनाइएको छ।

अधिकारीहरुका अनुसार बाढीको प्रकोप जारी रहेको र यसका कारण १६ सय हेक्टर भन्दा बढी कृषियोग्य जमीन प्रभावित भएको जनाइएको छ। रासस÷सिन्हवा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ