arrow

मोहन वैद्यले भने–गोर्खाल्याण्ड आन्दोलनमा चरम दमन

logo
प्रकाशित २०७४ असार ६ मंगलबार
mohan-vaidhya.jpeg

काठमाडौ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले भारतको पश्चिम बंगाल प्रान्त अन्र्तगत दार्जिलिङ्ग क्षेत्रका नेपाली भाषीले गोर्खाल्याण्डको माग राखेर गरिरहेको आनदोलनमा राज्य सरकारले गरेको दमनको भत्र्सना गरेको छ ।

अध्यक्ष वैद्यले मंगलबार एक वक्तव्य जारी गर्दै नेपाली भाषीले लामो समयदेखि संघर्ष गर्दै आएको र अहिले राज्य सरकारबाट अक्षम्य एवं चरम दमन भएको भनि विरोध गरेका हुन् ।

पश्चिम बंगाल सरकारले पाठ्यपुस्तकहरुमा बंगाली भाषालाई अनिवार्य बनाएपछि भाषालाई लिएर सल्किएको आन्दोलनको आगो अहिले छुट्टै गोर्खाल्याण्डको संघर्षमा पुगेको छ । वैद्यले आन्दोलनका क्रममा सहादत प्राप्त जनताका छोराछोरीलाई शहीद  घोषणा गर्न समेत माग गरेका छन् ।

अध्यक्ष वैद्यले शान्तिपूर्ण आन्दोलनमा राज्य सरकारले गरेको दमन रोक्न उनले केन्द्र र राज्य सरकारसँग माग गरेका छन् । आन्दोलनकै क्रममा तीन प्रदर्शनकारी र एक सुरक्षाकर्मीको मृत्यु भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ