arrow

दार्जिलिङ झन तनावमा : सर्वदलीय बैठकमा भाजपा, काँग्रेस पनि सहभागि

आन्दोलन नरोकिने : मोर्चाका नेताहरुलाई ‘खतरा’, टेलिफोन ट्यापिङ्

logo
प्रकाशित २०७४ असार ६ मंगलबार
darjiling_news.jpg

काठमाडौं । दार्जिलिङ तनावले पश्चिम बंगाल अशान्त भएको छ । आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले मंगलबार आहृवान गरेको सर्वदलीय बैठकमा काँग्रेस र भारतीय जनता पार्टी पनि सहभागि भएको छ । सर्वदलीय बैठकले प्रहरी दमन नरोकिएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको त्यहाँबाट पत्रकार रविन राईले जानकारी दिए ।

मोर्चाले जिमखाना क्लबमा बोलाएको बैठकमा गोर्खा नेशनल लिबरेशन फ्रन्ट समेत सहभागि भएको राईले बताएका छन् ।

बैठकमा जनआन्दोलन पार्टीका नेता हर्कबहादुर क्षेत्रीले अड्ताल फिर्ता लिन भन्दै गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जीटीए)बाट राजीनामा दिने प्रस्ताव राखेका बताइएको छ । यद्यपि, मोर्चाले आन्दोलन रोक्न नकिने बताएको छ ।

सर्वदलीय बैठकले केन्द्रीय सुरक्षा फौज फिर्ता नभएसम्म बन्द जारी राख्ने र जीटीए चुनाव वहिस्कार गर्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री राजनाथ सिंहलाई नै भेटेर आफ्नो एजेण्डा राख्ने सहमति गरेको छ । पश्चिम बंगाल सरकारले बोलाएको बैठकमा भने नजाने नीति लिइएको छ ।
बैठकले पश्चिम बंगाल सरकारले २२ जुनमा बोलाएको बैठकमा नजाने नै सहमति गरेको बताइएको छ ।

पश्चिम बंगाल सरकारले एक देखि १० कक्षासम्म बंगाली भाषा अनिवार्य गरेपछि नेपाली भाषाको बाहुल्यता रहेको दार्जिलिङ असान्त भएको हो । आन्दोलनका क्रममा तीन प्रदर्शनकारीको मृत्यु भइसकेको छ । आन्दोलन दबाउन भन्दै केन्द्रीय सुरक्षा फौज तैनाथि गरिएको भन्दै आन्दोलनकारी झन् आक्रोशित भएका छन् ।

आन्दोलनले छुट्टै गोर्खाल्याण्ड हुनुपर्ने मागको सेन्टिमेन्ट पाएको छ । मंगलबारको सर्वदलीय बैठकले सबै पार्टीको सहभागिता रहने संयन्त्र बनाउने सहमति जुटाउँदै अर्को बैठक जुन २४ तारिखमा गर्ने निर्णय समेत गरेको छ ।

यसैबीच, राज्य सरकारले संचारमाध्यम बन्द गराएको छ, भने गोर्खा जनमुक्ति मोर्चाका नेताहरुमाथि निगरानी बढाएको छ । उनीहरुलाई टेलिफोनमा कुरा गर्नु खतरा जस्तै भएको छ । टेलिफोन ट्यापिङ् भइरहेकाले मोर्चाका नेताहरुले पछिल्लो सयम टेलिफोनमा कसैसँग कुराकानी नगरेका पत्रकार रोशन गिरीले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ