arrow

विश्व योग दिवस विश्वभरमै मनाइदै, नेपालमा पनि योगको जोग

logo
प्रकाशित २०७४ असार ७ बुधबार
yog.jpg

काठमाडौं । जुन २१ तारिख अर्थात् विश्व योग दिवस । योगको महत्वको चर्चा गर्दै संयुक्त राष्ट्रसंघले दुई वर्षदेखि हरेक वर्ष जुन २१ मा विश्व योग दिवस मनाउने घोषणा गरेको हो ।

नेपालमा पनि दोस्रो ‘विश्व योग दिवस’ मनाइदै छ । 

नेपाल योग एसोसिएसन र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा बिहान काठमाडौंको भृकुटीमण्डपमा योगाभ्यास गरेर यो दिवस मनाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले योग दिवसको शुभारम्भ गरेका थिए । 

मन र मस्तिष्कको सम्बन्धलाई नै योग भनिन्छ । शरीर र प्रकृतिलाई जोड्ने काम योगले गर्छ । 

योग दिवस भारत, चीन लगायतका विश्वका अधिकांश देशमा पनि मनाइएको छ ।

पश्चिमा राष्ट्रहरु पनि योगप्रति आकर्षित भएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ