arrow

चुनावका बेलामा मुग्लिन सडक ठप्प, चारकिलोमा पहिरो 

logo
प्रकाशित २०७४ असार ७ बुधबार
Mugling-Narayanghat.jpeg

रत्ननगर । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा बुधबार बिहान खसेको पहिरोका कारण सडक अवरुद्ध हुन पुगेको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रातिको समयमा पहिरो खसेपछि बिहान ३ बजेसम्म एकतर्फी गाडी चलेपनि बिहान ४ बजेदेखि यातायात पूर्णरुपमा बन्द भएको हो । 

अहिले डोजरको सहयोगमा पहिरो पन्छाउने क्रम चलिरहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । 

बेलाबेलामा पानी परिरहेकाले पहिरो पन्छाउन समस्या आउने गरेको प्रहरीले जनाएको छ । 

पहिरोका कारण यातायात बन्द हुँदा चितवनबाट काठमाडौँ तथा पोखरा जाने र आउने सवारीको ठूलो लाइन लागेको छ । 

दुई दिनअघि पनि यहाँको कालीखोलामा पहिरो खस्दा ८ घन्टा यातायात बन्द हुन पुगेको थियो । 

मुग्लिन सडक विस्तारका क्रममा रहेकाले यहाँ पहिरो खस्ने क्रम चलिरहेको छ । 

केही महिनाअघि यहाँ सुक्खा पहिरो खस्दा दुईजनाको ज्यानसमेत गएको थियो । रासस 
––––––– 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ