arrow

संदिग्ध आत्मघाती बम हमलाकारीको गोली हानी हत्या 

logo
प्रकाशित २०७४ असार ७ बुधबार
brussels-attack.jpg

ब्रसेल्स । बेल्जियममा संदिग्ध आत्मघाती बम हमलाकारीलाई गोली हानी मारिएको छ । सैनिकहरुले हमलाकारीलाई ब्रसेल्सको सेन्ट्रल स्टेशनमा गोली हानी मारेका हुन् । 

सैनिकले ती व्यक्तिले बमसहितको कपडा लगाएको जस्तो देखिएको र उसले एउटा सानो विस्फोट गराएको जनाएको छ । 

सैनिकहरुले घटनास्थलमै उक्त व्यक्तिमाथि गोली चलाएका थिए । सो घटनामा अरु कसैलाई केही नभएकोसमेत सैनिकले जनाएको छ । 

सन् २०१६ को मार्चमा ब्रसेल्समा आतंकवादी समूह आइएसको आक्रमणबाट ३२ जनाको मृत्यु भएको थियो ।

Fire is seen at Brussels central station in Brussels, Belgium June 20, 2017

Armed police stand guard outside Brussels Central train station 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ