गोर्खाल्यान्ड आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै इलाममा प्रदर्शन
प्रकाशित २०७४ असार ८ बिहिबार
237
Shares
इलाम । गोर्खाल्यान्ड आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै इलाममा प्रदर्शन भएको छ । इलाममा रहेका नेपाली तथा दार्जिलिङ लगायतका क्षेत्रबाट बिहे गरेर आएका चेलीहरुले मिलेर इलाम सदरमुकाममा प्रदर्शन गरेका हुन् ।
उनीहरुले एक सय १० वर्ष पुरानो अस्तित्व मेटाउन नहुनेसमेत बताएका छन् ।
यसैबीच, दार्जिलिङको आन्दोलन अझै चर्किने भएको छ । बंगाली भाषालाई बाध्यकारी बनाउने बंगाल सरकारको प्रयासपछि आन्दोलनमा उत्रिएका मोर्चासहितका दलले पश्चिमबंगालकी मुख्यमन्त्री ममता बनर्जीले बिहीबार बोलाएको सर्वदलीय बैठकमासमेत सहभागी नहुने निर्णयसमेत गरेको छ ।
बंगाल सरकारले राज्यआतंक मचाएको आरोप लगाउँदै आएका गोर्खाल्यान्ड पक्षधर दलले बैठकमा नजाने निर्णय गरेको मोर्चाकी नेतृ निरा शर्माले जानकारी दिइन् ।
दार्जीलिङको अनिश्चतकालीन बन्द यथावत् छ । यसअघि शनिबार प्रहरीसँग भएको झडपमा तीन नेपाली भाषीको मृत्यु भएको थियो ।
पाँच दिनदेखि इन्टरनेटसमेत बन्द छ । आन्दोलनका पक्षमा सिक्किममा पनि प्रदर्शन भएको छ ।