arrow

पुटिन र ट्रपबीच भेट हुने सम्भावना

logo
प्रकाशित २०७४ असार ८ बिहिबार
tramp_and_putin.jpeg

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उनका  अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पका बीचमा अर्को महिना जर्मनीमा भेटवार्ता हुनसक्ने भएको छ । 

तर भेटवार्ता भएमा कुनै सम्झौता गर्ने तयारी भने केही नभएको रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बुधबार जानकारी दिएका छन् । 

“आगामी जुलाईको ७ देखि ८ तारिखसम्म जर्मनीको हाम्बर्गमा हुने जी–२० सम्मेलनका क्रममा पुटिन र ट्रम्पका बीचमा भेटवार्ता हुन सक्नेछ, तर उनीहरूले के कसरी भेटवार्ता गर्नेछन भन्ने अहिलेसम्म केही भन्न सक्ने अवस्था छैन,” पेस्कोभले भने । 

आवश्यकता पर्यो भने दुई देशका प्रमुखहरूको भेटवार्ताका लागि आवश्यक तयारी गर्न पनि सकिने उनले बताउए । त्यसका लागि कुनै बाधा नभएको पनि पेस्कोभको भनाई छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ