arrow

मध्य अफ्रिकामा  झडप, सयको मृत्यु

logo
प्रकाशित २०७४ असार ८ बिहिबार
siriyan-people.jpg.jpeg

बानगुई । मध्य अफ्रिकाली गणतन्त्रमा भएको झडपमा परी करिब एक सय व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् । 

उक्त हिंसा सरकारले विद्रोही समूहसँग युद्धबिरामको विषयमा गरेको सम्झौताको केही घण्टापछि सुरु भएको थियो । उक्त रक्तपात मङ्गलबार बिहानबाट मध्य भागमा पर्ने सहर बरियाबाट सुरु भएको बताइएको छ । 

हिंसामा मारिएका पछिल्लो विवरणको पुष्टि सो सहरका मेयरले गरेका छन । सुरुमा दिइएको मृतकको सङ्ख्या ४० रहेको थियो । पछि सो सङ्ख्या दोब्बर नै भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ