७ वर्षको छोरालाई ब्रेन ट्यूमर, उपचार गर्दा सकियो सम्पत्ति
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ असार ८ बिहिबार
622
Shares
स्याङ्जा । ७ वर्षको उमेरमा छोरालाई ब्रेम ट्यूमरको रोग देखिएपछि २०७१ सालबाट शर्मानन्द लामिछाने तनाव र पिडामा छन् । तीन सन्तानका बावु शर्मानन्दका एक मात्र छोरा हुन् सुसन । कक्षा ३ मा पढ्दै गरेका सुसनलाई टाउको दुख्ने, हातहरु काम्ने, हिड्दा हिड्दै लड्ने लक्ष्य देखिएपछि उपचारका लागि काठमाण्डौं स्थित टिचिङ् अस्पताल पुर्याए ।
अस्पतालले बच्चाको टाउकोमा मासु पलाएको जानकारी दियो । अप्रेसनबाट मासु निकाल्नुपर्ने सुझाव डाक्टरबाट आएपछि सुसनका बावु छोराको अप्रेसन गर्न तयार भए । अप्रेसन पछि झिकिएको मासुलाई ल्याव मार्फत चेकजाच गर्दा क्यान्सरको लक्षण देखिएको खवरले सुसनका बावु झस्याङ्ग हुन पुगे । तर पनि उनले उपचारबाटै छोरालाई सन्चो हुन्छ भन्ने मानसिकता बोके । समय वित्दै जादा छोराको उपचार हुन थालेको पनि करिव तीन वर्ष हुन लाग्यो अझै सुधार हुन सकेको नदेख्दा कता कता उनमा निराशा पलाउदै जान थालेको छ । छोराको उपचारमा भएको सम्पति त गुमाइसके तर पनि छोराको अवस्था कस्तो हुने हो भन्ने विषय बुझन समेत सकेका छैनन् ।
प्रावि स्तरको जागिर भएका लामिछाने छोराको उपचारमा सम्पति सबै सकिएपनि छोराको जिवन मरणको दोसाधमा रहेको अवस्थाले भने बेला बेलामा पिरोलिरहन्छ । छोराको उपचारमा मात्रै अहिले सम्म ३५ लाख देखि ४० लाख सम्म खर्च भएको शर्मानन्द बताउछन् । बुढेसकालको साहारा लिइएको एक मात्र छोरा वाल्यकालबाटै उपचारमा लाग्दा ति बाबुको मनमा अनेक व्यथा हुनु स्वभावै होला । ति व्याथा भने अहिले सम्म कसैलाई सुनाउन पनि सकेका छैनन् । पछिल्लो समय रकम अभावले छोराको उपचारमा अफठ्यारो हुने हो की भन्ने समस्याले उनलाई पिरोलिरहेको छ ।
सरकारी निकायबाट १ लाख, गाँउघरका आमा समुहबाट २० हजार र आफ्ना शिक्षक साथीभाईहरुबाट करिव १ लाख, साउदी अरवबाट ३५ हजार सहयोग पाएको शर्मानन्द बताउछन् । अहिले पनि लामिछाने सबैको सहयोगी प्रतिक्षामा रहेका छन् । यसका लागि प्रचार प्रसार गरिदिन जिल्लाका पत्रकारहरुलाई समेत गुहारेका छन् । प्रचार प्रसार भएमा सहयोगी हातहरु बढी आउने आशामा लामिछाने छन् । सम्पतिले भ्याए सम्म कसैलाई पनि गुहारीन लामिछानेले भने,“अव त सम्पति पनि सकियो, पैसा पनि सकियो छोरालाई बचाउन मात्रै पाए हुन्थ्यो ।” सहयोगी हातहरु सगै छोराको रोग पनि निको भइदिए यो जिवनले आनन्दको अनुभुति हुने थियो लामिछाने भन्छन् । अहिले लामिछाने सहयोगी हातहरु खोज्दै हिड्नेमा समय वितेको छ ।
यसै क्रममा बे्रन ट्यूमरबाट ग्रसित १० वर्षीय बालकको उपचारको लागी कोरियाको ईकसानक्षेत्रमा कार्यरत नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । नेपालीहरुद्धारा संकलित रकम १ लाख १० हजार नगद सुसनको परिवारलार्ई हस्तान्तरण गरिएको छ । वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खांण र उपप्रमुख कल्पना तिवारीले सो रकम ब्रेन ट्युमर ग्रसित वालकलाई हस्तान्तरण गरेका हुन । प्रमुख खांणले कोरियामा मेहेनत गरिरहेका नेपालीहरुको यो सहयोगले सुसनको उपचारमा केहि मात्रामा भएपनि सहयोग गर्ने बताए ।
सरकारले ल्याएको स्वास्थ्य विमा गर्नु आवश्यक रहेको खाँणले बताए । ट्युमरबाट ग्रसित सुसनको अहिले काठमाडौँमा उपचार भैरहेको छ । कोरियामा रहेका नेपालीहरुले अवोध बालकको जीवनरक्षाको लागी कहि रकम संकलन गरी सहयोग गरिएको पहलकर्ता विवेक अर्यालले बताए । सुसनको सपना के थियो तर सपना नै सोच्न नसक्ने वाल्यकालमा ठुलो रोगको शिकार बन्न पुगेका छन् । शैक्षिक अध्ययन गर्ने बेलामा ब्रेन ट्युमर रोगबाट संक्रमण भोग्नु वालकका लागि कति पिडा होला सुसनलाई नै थाहा होला । उनको जिवन रक्षाका लागि सबैले हातेमालो गर्ने हो की ।