arrow

पाकिस्तानको विस्पोटमा १८ को मृत्यु, सय बढी घाइते

logo
प्रकाशित २०७४ असार १० शनिबार
pakistan-attack.jpeg

इश्लामाबाद । पाकिस्तानको राजधानी इश्लामावादबाट उत्तरपश्चिममा अवस्थित पाराचीनारमा भएका दुई विस्पोटमा कम्तिमा १८ जनाको मृत्यु भएको छ ।

विस्फोटमा परी अन्य एक सय जना भन्दा बढी घाइते भएका छन् । लगातार भएको दुई विस्फोटनका घटना शुक्रबार दिउसोको समयमा भएको स्थानीय उर्दु टेलिभिजन च्यानल जिओले जनाएको छ । 

स्थानीय समय अनुसार दिउसो ५.३० बजे इद पर्वका लागि सरसामानहरु किन्न व्यस्त भईरहेका बेला भीडमा विस्फोटन गराइएको अधिकारीहरुले जानकारी दिएका छन् । अर्को विस्फोटन केही मिनेटको अन्तरमा पहिलो विस्फोटनबाट प्रभावितहरुलाई उद्धार गरेर राखिएको ठाँउमा भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।

दोस्रो विस्फोटन आत्मघाती विस्फोटन भएको जस्तो देखिएपनि आधिकारीक पुष्टी भने भइसकेको छैन । दुवै विस्फोटनमा परी घाइते भएकाहरुलाई सुरक्षाकर्मीहरुले तत्काल उद्धार गरेको संबाददाताहरुले बताएका छन् । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ