माओवादीको र्याली स्थल नजिकै बम विस्फोट, ७ जना घाईते
प्रकाशित २०७४ असार ११ आइतबार
527
Shares
काठमाडौं । नवलपरासीको सुनवल नगरपालिकामा बम विष्फोट भएको छ । दिउँसो ३ बजेतिर भएको विष्फोटमा ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विष्णुहरि कोइरालाले जानकारी दिए ।
नजिकै नेकपा माओवादीको र्याली चलिरहेकोले सोही र्यालीलाई लक्षितगरी बम विष्फोट गराईएको हुनसक्ने प्रहरीको आकलन छ । तर यो घटना कसले र किन गरायो भन्नेबारे भने थप जानकारी प्राप्त नभईसकेको कोइरालाले जानकारी दिएको छ । घटनामा घाइते भएका मध्ये दुईको अवस्था गम्भीर छ ।