arrow

इस्लाम धर्मावलम्वीहरुको पर्व ईद (इद उल–फित्र), सोमबार सार्वजनिक बिदा

logo
प्रकाशित २०७४ असार १२ सोमबार
eid-card.jpg

काठमाडौँ । इस्लाम समुदायले ईद (इद उल–फित्र) पर्व मनाइरहेका छन् । एक महिनासम्म मनाइने यस पर्वको समापनको अवसर पारेर सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपाल राजपत्र संख्या ५१, खण्ड ६५ भाग ५ मा मिति २०७३ चैत १५ गते प्रकाशित सूचना अनुसार ‘इस्लाम धर्मावलम्वीहरुको पर्व ईद (इद उल–फित्र) का दिन विदा दिने’ भनी उल्लेख भएकोमा सो पर्व यही असार १२ गते सोमबार पर्ने भएकोले उक्त दिन नेपालभर सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ