arrow

ईदको दिन योगी आदित्यनाथले दुखाए लाखौं मुसलमानको मन

logo
प्रकाशित २०७४ असार १२ सोमबार
yogi_ead.jpg

एजेन्सी । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफू कट्टर हिन्दूबादी नेता रहेको पुष्टि गरेका छन् । ईदको दिन वर्षाैदेखि राज्यका मुख्यमन्त्रीले इदगाहमा गएर मुसलमान समुदायलाई शुभकामना दिने परम्परा रहको भएपनि योगीले यस पटक त्यसो गरेनन् । कार्यक्रममा राज्यपाल राम नाईक, उपमुख्यमन्त्री डा। दिनेश शर्मा तथा समाजवादी पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री अखिलेश यादवले ईदगाहमा गएर इदको बधाइ तथा शुभकामना जाहेर गरेका थिए । 

त्यस्तै, योगीले मुख्यमन्त्रीको सरकारी निवासमा रमजानको अवसरमा दिईने रोजा पार्टीपनि दिएनन् । उनले यो परम्परा पनि तोडेका छन् । रमजानमा कुनै एक दिन मुख्यमन्त्रीको सरकारी निवासमा रोजा पार्टी गरिने गरेको भएपनि यस पटक यस्तो भएन । 

मुख्यमन्त्री योगी आदित्यनाथ राजभवनमा गत २३ जुनमा आयोजित इफ्तार पार्टीमा पनि सहभागी भएका थिएनन् । त्यतिबेला पनि उपमुख्यमन्त्री डा दिनेश शर्मा तथा केही मन्त्रीहरु सभामा सहभागी भएका थिए । सोमबार विश्वभर मुस्लिमहरुको महानपर्वको रुपमा यो पर्व मनाईँदै आएको छ । भारतको उत्तरप्रदेशमा पनि लाखौं मुसलमानहरुले मुख्यमन्त्रीको अभावलाई खल्लो रुपमा लिएको भारतीय सञ्चारमाध्इमहरुले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ