arrow

अमेरिकामा यात्रा प्रतिबन्ध अन्तिम आदेश नआउँदासम्म आंशिक कार्यान्वयन गर्न आदेश

logo
प्रकाशित २०७४ असार १३ मंगलबार
dronaldtrumps.jpeg

 काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विवादित यात्रा प्रतिबन्ध सम्बन्धी आदेशलाई आंशिक कार्यान्वयन गर्न दिने सर्वोच्च अदालतको निर्णय राष्ट्रिय सुरक्षाको जित भएको बताएका छन् ।

न्यायाधीशहरुले अन्तिम आदेश नआउँदासम्म उक्त प्रतिबन्ध अमेरिकामा रहेका व्यक्ति वा निकायसँग वास्तविक सम्बन्ध नरहेका यात्रुहरुमाथि लगाउन सकिने आदेश दिएका छन् ।

यस मुद्दाको अन्तिम सुनवाइ आगामी अक्टोबर महिनामा हुने बताइएको छ ।

राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशले मुसलमान बहुल ६ वटा देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने र अमेरिकी शरणार्थी कार्यक्रमलाई निलम्बनमा राख्ने प्रयास गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ