arrow

सीमा क्षेत्रमा चीनले भारतीय सेनाका दुई बंकर पार्‍यो ध्वस्त, तिर्थालुलाई आपत्

logo
प्रकाशित २०७४ असार १३ मंगलबार
china-india.jpg

नयाँदिल्ली । चीनले सीमा क्षेत्रमा भारतका दुई बंकर ध्वस्त पारेको छ । भारतीय सेनाले चीनसँगको सीमा क्षेत्रमा बनाएका दुई बंकर चिनियाँ सैनाले ध्वस्त पारेको हो । 

भारतीय सेनाले चिनियाँ सैनिक सिक्किम क्षेत्रमा छिर्ने प्रयास गरेको र झडपसमेत भएको जनाएको छ । तर कसैले ज्यान भने नगएको भारतीय सेनाले जनाएको छ ।

विगत १० दिनदेखि चिनियाँ सैनिक सिक्किम छिर्ने प्रयास गरेको र कैलास मानसरोवर जान लागेका तीर्थालुलाईसमेत अवरुद्ध गरेको जनाइएको छ । 

तनाव कम गर्न दुई पक्षबीच बैठक बसे पनि त्यो निरर्थक रहेको भारतीय सेनालाई उधृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ