- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। संस्कृतं संस्कृतेर्मूलम् । यो श्लोक संस्कृत भाषाको विकासका लागि तयार पारिएको लोकोक्ति हो । यसको अर्थ संस्कृत नै संस्कृतको मूल हो भनिएको हो । यसैको आधारमा नेपाली शब्दकोशमा संस्कृतको अर्थ संस्कार गरिएको वा शुद्ध पारिएको भन्ने हुन्छ । त्यस्तै, संस्कृतको विस्तृत अर्थ परिमार्जन गरिएको, परिष्कृत शुद्ध गरिएको, शुद्ध्याइएको लगायतका अर्थ संस्कृतले दिने गरेको छ ।
संस्कृत हिन्दू धर्मशास्त्रको विकासका लागि सबैभन्दा महत्वपूर्ण रहेको छ । हिन्दूधर्मशास्त्रले संस्कृतको विकास गराएको छ भने संस्कृतले हिन्दूधर्मशास्त्रको । त्यसैले यो हिन्दू धर्मशास्त्र र संस्कृतशिक्षाको बीचमा अन्योन्याश्रिसम्बन्ध रहीआएको छ ।
अर्काे उक्तिपनि रहेको छ संस्कृतमा वेदोखिलो धर्ममूलम् अर्थात् वेद नै सबै धर्मको उद्गमस्थल हो। यस अर्थमा सबै धर्म वेदबाट नै निस्केका हुन भनेर मान्न सकिन्छ । हिन्दुधर्म एउटा धर्ममात्रै नभएर एउटा संस्कार र सभ्यता पनि हो । त्यसैले हामी हिन्दू सभ्यताभित्र अन्य धर्महरुलाई मान्न सक्दछौं । हिन्दू संस्कृतिको शाखा अन्तर्गत् हिन्दू लगायतका अन्य धर्महरु पनि पर्दछन् ।
निराकारमोंकारमूलं तुरीयं । अर्थात् हिन्दु धर्ममा निराकार ब्रह्मको पनि उपासना गरिन्छ । निराकार ब्रह्मको ज्ञानको प्रभाव कुरानमा देखिन्छ । इस्लामिकहरुले निराकार ब्रह्माको पूजा गर्छन् । कुरानले मूर्तिपूजा गर्ने अनुमति त दिँदैन । तर उनीहरु पनि चन्द्रमा को उदयास्तमा आफ्नो तिथी तय गर्दछन् । जुन वेदले नै औंशी र पूर्णिमाका आधारमा महिना निर्धारण गर्ने परम्पराको विकास गरिसकेको छ । चन्द्रमा नवग्रह मध्ये एक हुन्।
अयं निजस् परो वेति गणना लघुचेतसाम् ।
उदारचरितानां तु वसुधैव कुटुम्बकम्।।
अर्थात् यो धर्म मेरो हो त्यो धर्म तेरो हो भन्नू संकीर्णताको पराकाष्ठा हो उदार स्वभाव भएकाहरुलाई यो समग्र ब्रह्माण्ड नै परिवार हो यो ब्रह्मज्ञान दुबै धर्मले अनुशरण गर्ने ज्ञान हो ।
अहिले दिनभरी कर्मकाण्ड गरेर कमाएको पैसाले मन्टेश्वरी र अँग्रेजी माध्यमबाट पढाइने विद्यालयमा आफ्ना सन्ततीहरुलाई पढाउने, संस्कृत पढेर पनि आँफुलाई कमजोर ठान्ने, संस्कृत पढेर पुजारीभन्दा माथि उठ्न नसकेका संस्कृतका विश्वस्त प्राज्ञहरुको कमि छैन नेपालमा। यस्तै प्राज्ञका कारण नेपालबाट संस्कृतले जोड्छ तोड्दैन केही समयमा वेदाचार्य अब्राहम दर्शनाचार्य फिलिप नाम गरेकाहरुले अब हाम्रा पण्डितहरुलाई पढाउनेछन्, विदेशमा त पढाइ रहेका नै छन् । न त हिन्दु धर्म नै मासिएको छ यो त सर्वत्र व्याप्त छ खोज्न सकेमा। हिन्दु धर्म श्रेष्ठ धर्म मात्र नभएर मानव सभ्यता को विकास क्रमको सर्वोत्कृष्ट दस्तावेज पनि हो । यो त वर्धतामभिवर्धताम् अर्थात् सधै बढिरहने नारासहित आएको हो।
न मां कर्माणी लिम्पन्ती न मे कर्मफले स्पृहा
इति मां योभिजानाती कर्मभिस् न स बध्यते।।
श्रेष्ठ पुरुषलाई न त कुनै कर्मले बाँध्छ्न न त उनिहरु फलको लिप्सा सहित कर्ममा प्रवृत्त हुन्छ्न् ।उनीहरु परम स्वतन्त्रतामा रमाउँदछन् उनीहरुलाई राम्रोसँग चिन्नेले कहिले गुनासो गर्दैनन्।
त्यस्तै, परस्परं भावयन्तस् श्रेयस् परमवाप्स्यथ ।
एक अर्का प्रती सद्भावना राखेर अगाडि बढेमा मात्र श्रेय प्राप्ति हुन्छ। नेपालमा मात्र होइन अपितु समग्र विश्वमा धार्मिक भेदभाव होइन सद्भावको खाँचो छ। दशैं तिहार होली इद रमजान कृसमस लोसार आदि सबै पर्व सबैलेसँगै मनाए झन् कति सुनमा सुगन्ध हुन्थ्यो होला। समत्वं योग उच्यते। म सबै धर्मलाई समान सम्मान गर्छु भन्ने श्लोकलार्इ अनुशरण गर्नु आवश्यक छ ।
नमाजका सुरहरुमा सामवेदका रिचाको सुगन्ध भेटिन्छ । नमाज पढ्दा हातमा हेरेर पढ्ने गरिएको छ । यसलार्इ पुष्टि गर्ने गरी हिन्दू शास्त्रको एउटा श्लोक स्मरणमा आउँछ ।
कराग्रे वसते लक्ष्मीस् करमध्ये सरस्वती।
करमूलेस्थितो ब्रह्म प्रभाते करदर्शनम्।
अर्थात् हातमा नै लक्ष्मी सरस्वती ब्रह्मा आदिको दर्शन गर्ने उपदेश सम्झिएँ। ढोग्ने तरिकालाई साष्टांग प्रणामको अंश बुझें। एक महिने पवित्र रमजान व्रतलाई आत्मनियन्त्रणको माध्यम बुझें। राति ३।३० बजे खाए पछि बेलुका चन्द्रमा उदय नहुन्जेल पानी पनि नपिउने गरेको सुन्दा बालक ध्रुवले गरेको कठोर तपस्यालाई सम्झिएँ भागवतमहापुराणका कथाहरु सम्झिएँ। सर्वत्र हिन्दु धर्म देखें त्यहाँ। हिन्दु र मुस्लिम धर्मको भिन्नता देखें मात्र हिंसा गर्ने तरिकामा।
त्यसैले हिन्दू सभ्यताको अंग हो रमजान पनि । समग्र धर्महरु आफैंमा हिन्दू संस्कृतिको एउटा अंग हो न त हिन्दू धर्म, न त मुस्लिम, न त क्रिश्चियन न त बुद्दिष्ट धर्म जे भएपनि सबै हिन्दू सभ्यताका अभिन्न अग हुन् ।