मतदातालाई प्रलोभन दिएपछि झलनाथ र नेम्वाङ विरुद्ध आयोगमा उजुरी
पैसा बाँडेको आरोप
प्रेम अधिकारी,
प्रकाशित २०७४ असार १३ मंगलबार
733
Shares
इलाम। मौन समयमा मतदातालाई प्रभावमा पार्ने काम गरेको भन्दै नेपाली काँग्रेस इलामले एमालेका दुई बरिष्ठ नेता बिरुद्ध उजुरी हालेको छ । मतदात गर्नु पुर्वको मौन अवधिमा नेकपा एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र एमाले संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवास नेम्वाङले गृह जिल्ला इलाममा आचार संहिता बिपरीत मतदातालाई प्रलोभनमा पार्ने काम गरेको भन्दै नेपाली काँग्रेस जिल्ला कार्य समिति इलामले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लिखित उजुरी हालेको छ ।
काँग्रेस सभापती हिमालय कर्मचार्यले हस्ताक्षर गरेको उजुरी पत्र नेपाली काँग्रेसको लेटर प्याडमा उल्लेख छ । उजुरी पत्रमा देशका सर्वोच्च पदमा बसेका ब्यक्तिले मौन समयमा निर्वाचनलाई प्रभाव पार्ने गरी भोजभत्तेर , मत माग्ने काम र आर्थिक चलखेल गरेको आरोप लगाईएको छ । मुख्य निर्वाचन अधिकृत नवराज दाहालले उजुरी दर्ताको प्रक्रियामा रहेको जानकारी दिए । अधिकृत दाहालका अनुासार उजुरी दर्ता पछि प्रमाण पुगेमा निर्वाचन कानुन अनुसार कारबाही गरिने बताए ।
एमाले नेता खनालले इलाम नगरपालिका ६ घोषमा गएराती चुनाबी कार्यक्रम गरेका थिए । उनले सो क्षेत्रमा पैसा बाँडेको अन्य दलले आरोप लगाएका छन । त्यस्तै नेता नम्वाङ्गले इलाम नगरपालिका ५ बरबोटे र सन्दकपुर गाउँपालिकाको देउरालीका चुनाबी कार्यक्रम गर्दै हिजो भोज भत्तेर गरेका थिए।
अधिकृत दाहालले मौन अवधिमा मत माग्ने र मतदातालाई आश्वासन बाँड्ने कार्य गरे कारबाहि हुने जानकारी दिए। उनले शुन्य अवधिमा यस्ता कार्य गरेर उम्मेद्धार निर्वाचित भए र पुष्ठि भयो भने उसको पद खारेज हुने वताए ।
निर्वाचन अनुगमनका लागि पूर्वमा रहनु भएका राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुदिप पाठकले दलहरुले मौन समयमा यस्ता गतिविधि गर्दा चुनावलाई प्रभावित पार्ने भएकाले सजकता अपनाउन आग्रह गरेका छन्।
उनीहरुले जसरी भएपनि एमालेलाई नै भोट हाल्नु पर्ने भन्दै मतदातालाई दवाबमा समेत राख्ने काम गरेको पाईएको छ । मौन अवधि सुरु भए देखी नै नेम्वाङले मतदाता भेला गरेर आमसभा गर्दा गर्दै इलाम नगरपालिका पाँच बरबोटेबाट लखेटिएका थिए । त्यहाँबाट लखेटिए पछि सन्दकपुर गाउँपालिकाको देउराली लगायतका स्थानमा मतदाता भेला गर्दै बिभिन्न आस्वासन दिलाउने काम गरिरहेको पाईएको छ । नेम्वाङले देउराली बजारमा सोमबार बेलुका निर्वाचन आयोगको आचार संहिता बिपरीत भोजभत्तेर नै गरेका थिए। उनले त्यहाँ पार्टीका कार्यकर्तासंग तस्वीर पनि खिचाएका छन् ।
एमालेले भने बरिष्ठ नेताहरु गाउँ पुग्दा आठ दश जना भेला हुनु स्वभाविक भएको बताउदै आएको छ । बिरलै मात्र कार्यक्रममा पुग्ने ती ठाउँमा उनीहरु निर्वाचनको मुखमा पुग्नु भनेको चुनाबी प्रचारका लागि मात्र भएको स्थानीयले बताएका छन । कतिपय स्थानमा चामल पैसा बाढ्ने काम समेत भैरहेको छ ।
काँग्रेस कार्यकर्तामाथि आक्रमण
इलाममा नेकपा एमालेका केन्द्रिय स्तरका नेताहरु पूर्व प्रधानमन्त्रि झलनाथ खनाल, पूर्व सभामुख चुभास चन्द्र नेम्वाङ् गाउँ गाउँमा दिन रात कार्याक्रता भेटघाटमा व्यस्त रहेका बेला इलाम नगरपालिका १ साखेजुङ्गमा नेकपा एमालेका कार्यकर्ताले नेपाली काग्रेसका कार्यकर्तालाई गएराती ४ घण्टा बन्धक बनाएका छन ।
साबिक साखेजुङ्ग गाबिसका नेपाली काग्रेस उपसभापती हरी तिम्सीनालाई सोमबार साझ ७ बजे देखी नेकपा एमाले कार्यकर्ताले बन्धक बनाएका हुन् । स्थानीयहरु होम वहादुर लोक्ताम, यमवहादु कार्की, खग्रेन्द्र धिमाल, डम्वर भूजेललाई छिमेकी छेउघरे कान्छो भनेर चिनिने खम्वासिंह गुरुङको श्रीमती मुटु रोगी भएकोले भेट्ने सिसिलामा गएका र केही साथीहरु खेतबाट फर्किदा नेकपा एमालेका कार्यकर्ताहरुले वन्दी वनाएर हातपात समेत गरेका छन् ।
नेकपा एमालेका कार्यकर्ता देवप्रकाश राई, विपिन राई, वेदप्रसाद धिमालले हातपात गरेको र अन्य कार्यक्रताहरु दिलवहादुर रार्ई, इन्द्र प्रसाद दहाल, भूपाल गुरुङ लगायतको ५०-६० जना कार्यकर्ताले घर घेरेर आक्रमण गरेका थिए । आक्रमणमा संलग्न देवप्रकाश राई नेकपा एमाले इलाम नगरपालिका १, साँखेजुङका पार्टी सचिव समेत रहेका छन् । बिरामी हेर्न भेला भएको समुहलाई भोट माग्न आएको भन्दै एमाले कार्यक्रताहरुले आक्रमण गरेका हुन ।
उनीहरुलाई बन्धक बनाए पछि चार गाडी एमाले कार्यकर्ताले त्याहा पुगेर घेराउ गरेका थिए । बन्धक बनाईएका ब्यक्तिको ५ थान मोवाईल सेट समेत उनीहरुले कब्जा गरेको पीडितले बताएका छन । राती प्रहरी र नेपाली काँग्रेसका कार्यकर्ता त्यहा पुगेपछि ४ घण्टा पछि उनीहरुलाई आज बिहान मंगलबारे प्रहरी चौकीमा थप छलफल गर्ने गरी छुटाईएको थियो । आज चौकीमा दुबैथरीलाई राखेर छलफल गर्ने जिल्ला प्रहरी कार्यालय इलामका एसपी शुसील कुमार यादवले जानकारी दिए।