- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । तेह्रथुमको छथर गाँउपालिकामा मतगणना कार्य सुरुहुन लागेको छ। बुधबार भएको स्थानीयतहको दोस्रो चरणको निर्वाचनको मतगणना कार्य सुरु हुन लागेको निर्वाचन अधिकृत जनार्दन भट्टराइले जानकारी दिए ।
सर्वदलीय बैठक बसी मतदान स्थलबाट आएका मतपेटिका रुजु गर्ने कार्य भइसकेको र अबको केही समयमा नै मतगणना सुरु गरिने भट्टराइले जानकारी दिए।
उता सदरमुकाम रहेको म्याङलुङ नगरपालिकामा भने बिहिबार बिहानबाट मात्र मतगणना सुरु हुने भएको छ। सर्वदलीय बैठक बसी बिहानबाट मतगणना गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत इन्द्रकुमार चौटेलिले जानकारी दिए।
फेदाप गाँउपालिकाको भने मतपेटीका आइसकेको र सर्वदलीय बैठक पछि मतगणनाको समय तोकिने मतदान अधिकृत डगेन्द्र प्रसाद पराजुलीले जानकारी दिए। आठराई गाँउपालिकामा पनि सर्वदलीय बैठक बसिरहेको छ।