- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा ५ नगरपालिका र ८ गाउँपालिकामा मत गणना सुरु भएको छ । बिहीबार राती साढे १२ बजेसम्म हामीलाई प्राप्त जानकारी अनुसार देशभरी सो संख्यामा मतगणना सुरु भएको सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकारीहरुले जनाएका छन् ।
पूर्वदेखि पश्चिमसम्म मतगणना सुरु भएका स्थानीय तहहरुको विवरण तल उल्लेख गरिएको छ । यस बाहेक पनि धेरै स्थानहरुमा सर्वदलीय बैठक चलिरहेकोले राती नै मतगणना सुरु हुने स्थानीय तहको संख्या पनि धेरै रहेको छ ।
- छथर गाउँपालिका, तेह्रथुम
- तुम्मेवा गाउँपालिका, पाँचथर
- सोताङ गाउँपालिका, सोलुखुम्बु
- लिखुपिखे गाउँपालिका, सोलुखुम्बु
- अरुण गाउँपालिका, भोजपुर
- पौवादुम्बा गाउँपालिका, भोजपुर
- हतुवागढी गाउँपालिका, भोजपुर
- सम्सरीमाई गाउँपालिका, रुपन्देही
- टीकापुर नगरपालिका, कैलाली
- भजनी नगरपालिका, कैलाली
- गढीमालिका नगरपालिका, बाजुरा
- बुढिन्दा नगरपालिका, बाजुरा
- खाँदबारी नगरपालिका, संखुवासभा