बाजुराको बडिमालिका नगरपालिकामा मेयर र उपमेयरमा काँग्रेस निकै अगाडि
दयाराम पंडित
प्रकाशित २०७४ असार १५ बिहिबार
632
Shares
बाजुरा । बाजुराको बडिमालिका नगरपालिकामा नेपाली काँग्रेसले मेयर उपमेयरमा अन्तर फराकिलो पारेको छ । बडिमालिका नगरपालिका वडा नम्बर १ मा झण्डा गाडेको काँग्रेसले मेयर र उपमेयरमा अग्रता बढाएको हो ।
मेयरमा काँग्रेसका पदम बडुवालले ७७७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका गगन रावलको ५३० मत रहेको छ ।
त्यसैगरी उपमेयरमा पनि काँग्रेसकी कविता विष्टले अग्रता फराकिलो बनाएकी छिन् । उनको ७७६ मत छ भने निकटतम प्रतिद्धन्द्धी एमाले नै छ ।
एमालेकी गीता रावलको ५२४ मत छ । माओवादी केन्द्रकी कल्पना थापाको भने जम्मा ७ मत छ ।
१ नम्बर वडा अध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर कार्की ५ सय ४० मत सहित विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिलबहादुर बिकले २ सय ८३ मत प्राप्त गरेका छन् ।