arrow

गाउँपालिकाकै खाता खोल्यो काँग्रेसले , काँडाको डाँडामा चारतारे झण्डा

logo
शैलेन्द्र रोकाय,
प्रकाशित २०७४ असार १५ बिहिबार
kanda_gaupalika.png

काठमाडौं । बझाङको काँडा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका राजेन्द्र बहादुर बोहोरा विजयी भएका छन् । उनले कूल ३ सय ९४ मत ल्याएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका मानबहादुर बोहोराले ३ सय ८६ मत ल्याएका थिए । 
 
गाउँपालिकाको उपाध्यक्ष पदमा पनि काँग्रेसकै कल्पना धामी विजयी भएकी छिन् । उनले ३ सय ९४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेकी गोल्मा तामाङले ३ सय ३६ मत ल्याएकी हुन् । 

गाउँपालिकामा बहुमत पनि नेपाली काँग्रेसको नै रहेको छ । अहिले नेकपा एमालेले वडा नं १ मा वडाध्यक्ष पद जितेको छ भने २, ३ र ४ नं वडामा नेपाली काँग्रेस वडाध्यक्ष सहित प्यानलै विजयी भएर काँग्रेसले चारतारे झण्डा फहराएको छ । वडा नं ५ मा भने यस अघि नै एमालेका उम्मेदवार निर्विरोध विजयी भएका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ