डोटीमा नाटकीय परिणाम : काँग्रेस मेयर उम्मेदवारको आफ्नै घर आँगनमा एमालेको झण्डा
सांसदको वडामा काँग्रेको समूह नै विजयी
प्रकाशित २०७४ असार १५ बिहिबार
266
Shares
सिलगढी । डोटीको पुरानो दिपायल सिलगढी नगरपालिकामा नाटकीय मत परिणाम आएको छ । दिपायल सिलगढी नगरपालिकामा काँग्रेसबाट मेयरका उम्मेदवार बाजी सिं खड्का विजयकै क्षेत्रमा वडाअध्यक्ष एमालेले जितेको छ ।
एमालेले काँग्रेस उम्मेदवारलाई जम्मा ९ मतको अन्तरले हराएका छन् । एमालेका उम्मेदवार पहिले माओवादी थिए । आफ्नै वडा क्षेत्रबाट एमालेले वडा अध्यक्ष जितेपछि मेयर उम्मेदवार खड्का आश्चर्यमा परेका छन् । यद्यपि, आफ्नो क्षेत्रबाट मेयरमा भने पर्याप्त मत आएको उनको भनाई छ । मेयरमा खड्काले नै अग्रता लिएका छन् ।
सांसदको वडामा काँग्रेसको समूह नै विजयी
पूर्वीचौकी गाउँपालिकाको १ नम्बर वडामा काँग्रेसको प्यानलै आएको छ । वडाअध्यक्षमा अंक बहादुर खड्का ४ सय ८४ मत ल्याइ विजयी भएका छन् । उनको समूह नै विजयी भएको छ । उनका निकटतम प्रतिस्पर्धी एमालेका अम्मर डौडीले ४ सय ४८ मत ल्याए ।
पूर्वीचौकी १ काँग्रेस सांसद भरतबहादुर खड्काको वडा हो । खड्का ०७० को संविधानसभामा समानुपातिकबाट संविधान सभा सदस्य चयन भएका थिए । अहिले उनी व्यवस्थापिका संसद सदस्य छन् । खड्का पूर्व जिविस सभापति र जिविस महासँगको केन्द्रीय सदस्य समेत हुन् । पूर्वीचौकी गाउँपालिकाको अध्यक्षमा पनि काँग्रेसले अग्रता लिएको छ ।