arrow

तनाव बढ्दै जाँदा पुनर्वासमा गोली चल्यो,  २ प्रहरी घाईते

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ असार १७ शनिबार
punarbas_tanaba1.jpg

काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिकामा दिउँसोदेखि जारी विवाद बढ्दै जाँदा प्रहरीले गोली चलाएको छ । दिउँसो मतगणनाको विषयलाई लिएर सुरु भएकोतनाव बढ्दै जाँदा प्रहरीले गोली चलाउन बाध्य भएको हो । 

प्रहरीले स्थिती नियन्त्रणमा लिनको लागि २ राउण्ड हवाई फायर गरेको थियो । त्यसभन्दा अगाडि नै ६ राउण्ड अश्रु ग्यास प्रहार गरेको प्रहरीले स्थिती नियन्त्रणमा नआएपछि गोली चलाएको बताएको छ ।  

उक्त घटनामा प्रदर्शनकारीको आक्रमणमा परी प्रहरी सहायक निरीक्षक देव बहादुर थलाल र प्रहरी जवान केशवराज पन्त घाईते भएका छन् । त्यहाँ अहिलेसम्म पनि पनि स्थिती तनावग्रस्त रहेको छ । 
 
प्रदर्शनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, नयाँशक्ति र जनजागरण नेपालले आन्दोलनमा सहभागिता छनाएका छन् । खसेको भनिएको मत भन्दा मतपेटिकामा धेरै मत भेटिएपछि दिउँसोदेखि नै पुनर्वासमा तनाव सिर्जना भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ