arrow

धनकुटा जिल्ला एमालेको लालकिल्ला !

logo
प्रकाशित २०७४ असार १८ आइतबार
dhankutta_uml_winner.png

काठमाडौं । स्थानीय तहको दोस्रो तहको निर्वाचन आउने क्रम जारी छ । असार १४ गते सम्पन्न निर्वाचनमा १, ५ र ७ नं प्रदेशका विभिन्न जिल्लाहरुमा भएको मतगणनामा परिणाम आउने क्रम पनि जारी रहेको छ । अहिलेसम्मको स्थिती अनुसार कूल १ सय ४१ वटा स्थानीय तहको निर्वाचनको मत परिणाम आईसकेको छ । जसमा काँग्रेस एमालेबीच नै कडा प्रतिस्पर्धा चलिरहेको छ । अहिलेसम्मको प्रारम्भिक नतिजा आईरहेको स्थानीय तहको संख्या भने ३ सय २१ वटा रहेको छ । 

यसरी निर्वाचन आईरहँदा केही क्षेत्रहरुमा भने रोजक विषय पनि देखिन थालेको छ । रुकुम जिल्लामा हिजोसम्म पूरै जिल्ला एउटै पार्टीको लाल किल्ला ठहरिएकोमा शनिबार राती धनकुटा जिल्लाको सबै स्थानीय तहको मत परिणाम आईसक्दा जिल्लाका सबै स्थानीय तहमा एमाले विजयी भएको छ । 

कूल ७ वटा स्थानीय तह रहेको भोजपुर जिल्लामा सातवटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु एमालेका उम्मेदवार विजयी भएको सम्बन्धित निर्वाचन अधिकारीहरुले जनाएका छन् । जिल्लाको महालक्ष्मी नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार पर्शुराम नेपाल विजयी भएका छन् । त्यस्तै, उपप्रमुखमा एमालेकी मञ्जु अधिकारी विजयी भएकी छिन् । 

त्यस्तै, पाख्रिबासमा बृखबहादुर राई एमालेको तर्फबाट नगरपालिका प्रमुखमा विजयी भएका छन् । उपप्रमुखमा पनि देवकला पौडेल विजयी भएकी छिन् उनी पनि एमालेबाटै उम्मेदवार बनेकी हुन् । धनकुटा नगरपालिकामा एमालेका चिन्तन तामाङ नगरप्रमुख र एमालेकै सकुन्तला बस्नेत विजयी भएकी छिन् । 

यसबाहेक पनि साँगुरीगढी नगरपालिकामा कुमार जंग याख्या प्रमुख र विन्द्र राई, शहीदभूमि गाउँपालिका मनोज राई र रत्नेश्वरी राई क्रमशः अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । शेरबहादुर लिम्बु र भीमकला श्रेष्ठले छथर जोरपाटी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा विजयी भएका हुन् । चौविसे गाउँपालिकामा खजिन्द्र राई र यज्ञ कुमारी रुचाल क्रमशः प्रमुख र उपप्रमुखमा विजयी भएका छन् । यसरी यो नतिजासँगै धनकुटा जिल्ला एमालेको असली किल्ला सावित भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ