arrow

विराटनगर महानगरमा मतदाताको विजोक, १५ देखि २० प्रतिशत मत वदर, मतपत्रमा औंठाछाप 

logo
प्रकाशित २०७४ असार १८ आइतबार
biratnagar-mahanagarpalika-metro.png

विराटनगर । विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार भीम पराजुलीले तीन हजार ८७३, नेकपा एमालेका विनोदकुमार ढकालले दुई हजार ७७२ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले एक हजार ६३१ मत प्राप्त गरेका छन् ।  

यस्तै, उपप्रमुख पदमा काँग्रेसकी इन्दिरा कार्कीले तीन हजार ३५१, नेकपा माओवादी केन्द्रकी नमीता न्यौपानेले एक हजार ६१३ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले एक हजार ५३६ मत प्राप्त गरेका छन् । 

यसैबीच, विराटनगर महानगरपालिकाको दक्षिणी भेगका वडाहरुमा ठूलो परिमाणमा मत बदर भएको छ । ती वडामा १५ देखि २० प्रतिशतसम्म मतपत्र बदर भएको अपुष्ट जानकारी प्राप्त भएको छ । 

सो क्षेत्रका कतिपय मतदाताले मतपत्रमा औँठा छापको पनि प्रयोग गरेका छन् । 

यही असार १५ गतेदेखि विराटनगरको १, २, ३, ४, १६ र १८ नं वडाको मतगणना जारी छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ