काठमाडौँ । भारतको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री कृष्णबहादुर महरा नयाँदिल्ली पुगेका छन् ।
महरालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय, नयाँ दिल्लीस्थित नेपाली दूतावास र भारतको बाह्य मामिला मन्त्रालयका उच्च अधिकारीले स्वागत गरे ।
साँझ परराष्ट्रमन्त्री महराले नेपालका लागि नयाँ दिल्लीस्थित विभिन्न मुलुकका राजदूत एवम् कूटनीतिक नियोगका पदाधिकारीसँग सामूहिक छलफल गर्ने कार्यक्रम रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । यस्तै, महराले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका विषयमा समेत छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।