arrow

वार्ताबाटै कोरियाली प्रायद्वीपको तनाव घटाउन सकिने निष्कर्ष

logo
प्रकाशित २०७४ असार २१ बुधबार
rocket-launching.jpg

मस्को । कोरियाली प्रायद्वीपमा व्याप्त तनावलाई साम्य पार्न सैनिक बलको सट्टा वार्ता र सम्झौता आवश्यक रहेको प्योङयाङद्वारा मङ्गलबार गरेको क्षेप्यास्त्र परीक्षण पछि एक उच्च रसियाली नेता तथा सांसदले प्रतिक्रिया दिएका छन् ।  

प्योङयाङविरुद्ध सीमा क्षेत्रमा युद्धकविमान तैनाथ गरेर भन्दा वार्ताका माध्यमबाट सहमतिको खोजी गर्नुपर्छ, रसियाली संसद डोमाका अन्तर्राष्ट्रिय सम्बन्ध मामिला समितिका प्रमुख लियोनिद स्लटस्कीको शब्द उद्धृत गर्दै इन्टर फ्याक्स न्युज एजेन्सीले बताएको छ ।” 

उनको भनाइ मङ्गलबार करिब १० बजेको समयमा उत्तर कोरियाले आफ्नो पूर्वी सामुद्रिक इलाकामा एक क्षेप्यास्त्रको परीक्षण गरेको सैनिक सहप्रमुखद्वारा बताएपछि आएको हो । 

कोरियाले क्षेप्यास्त्रले एक महादेशबाट अर्को महादेशसम्म आक्रमण गर्नसक्ने हतियारको परीक्षण गरेको बताउँदै यो सफलता प्योङयाङका लागि कोसे ढुङ्गा सावित हुने बताएको थियो । 

यसैबीच रसियाली रक्षा मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गरी मन्त्रालयले मध्यम दूरीको क्षेप्यास्त्र परीक्षण गरेको रेकर्ड गरेको जनाएको थियो । 

क्षेप्यास्त्र परीक्षण रसियाली सीमाको विपरित दिशामा गरिएको र यसबाट रसियालाई कुनै खतराको सिर्जना नगरेको विज्ञप्तिमा जनाइएको छ । 

संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले उत्तर कोरियालाई क्षेप्यास्त्र प्रविधि तथा आणविक परीक्षण वा अन्य कुनै उत्तेजित गतिविधि सञ्चालन गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ