arrow

सिक्किमी मुख्यमन्त्रीले भने : स्याण्डवीच हुन सिक्किम भारतमा गाभिएको होईन 

logo
प्रकाशित २०७४ असार २२ बिहिबार
pawan_chamling.jpg

काठमाडौं । गोर्खाल्याण्ड आन्दोलनलाई लिएर पछिल्लो केही दिनदेखि सिलगढी सिक्किमका बाहनहरु तोडफोड गर्ने तथा चालकलाई कुटपीड गर्ने घटनालाई लिएर मुख्यमन्त्री पवन चाम्लिङले कडा प्रतिक्रिया व्यक्त गरेका छन् । बुधबार सिक्किमको चिसोपानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिक्किमले धानखाने मुसा चोट पाउने भ्यागुता भनेजस्तो चोट पाईरहेको उनले बताए । 

दक्षिणमा सिलगढीको समस्या र उत्तरमा छिमेकी राष्ट्र चीनको चलखेलले सिक्किम राज्य दोहोरो मर्कामा परेको छ भन्दै सिक्किम यसरी स्याण्डवीच हुन भारतमा सामेल नभएको मुख्यमन्त्रीले बताए । चाईना र बङ्गालको स्याण्डवीच हुन सिक्किम हामीले भारतमा गाभेका होईनौं । उनले भने । 

वर्तमान स्थितीलाई लिएर आफू भारत सरकारसँग निरन्तर सम्पर्कमा रहेको र यस विषयमा आफूहरु सर्वाेच्च न्यायालय जाने तयारीमा समेत रहेको चाम्लिङले बताए । हामी भारतको संघीय व्यवस्था भित्र छौं । सिक्किम भारतको २२ औं राज्य हो । हामीले सिक्किमलाई भारतमा गाभेर देशभक्ति देखाएका हौं । माथि चीन बोर्डरमा लडाईं हुने आशंका छ । त्यहाँबाट पनि हामीलाई डर छ । तलबाट हामीलाई चामल नै आउन नदिने । 

के हामी इण्डियन होईनौं ? यो देशमा के हामीलाई बाँच्ने हक छैन ? सीमानामा हामीले विना तलव सिपाही जस्तो भएर बसेका छौं । हाम्रो कति ठूलोे योगदान छ हाम्रोलागि ? उनले भने । 

सिक्किम राज्य पानीको पानीको स्रोत भएको भन्दै आफूले बंगाललाई पानी दिएको सम्झाए । पछिल्लो ३० वर्षदेखि सिक्किमको बाटो थुन्ने काम भएको तथा ३० वर्षदेखि मल्ली र रम्फूकाटेपछि सिक्किमेहरु डराईडराई हिँड्नुपरेको सम्बोधनका क्रममा बताए । यस समयमा सिक्किम राज्यलाई प्रायः ६० हजार करोड रुपैयाँ नोक्सान भएको चाम्लिङलार्इ उद्दृत गर्दै सिक्किमबाट प्रकाशित हुन् हिमालयन दर्पणले जनाएको छ । 

यसैबीच बुधबार चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाईम्सले लेखेको सम्पादकीयमा भारतले सिक्किम कसरी अपधस्त गरेको छ भन्ने कुरा सारा विश्वलाई चेतना भएको भन्दै भारतको अतिवाद चलिरहे चीनले सिक्किमलाई स्वतन्त्र राज्य बनाउन आफूले पनि पहल गर्ने चेतावनी दिएको छ । सम्पादकीयमा भारतले चीनमाथि प्रयोग गरेको दलाईलामा कार्डले चीनलाई केही असर नगर्ने भन्दै त्यो कार्ड अब पुरानो भईसकेको जनाएको छ । चिनियाँ समुदायले सिक्किम छुट्टिन चाहेमा खुल्ला हृदयले सहयोग गर्ने पनि बताएको छ ।  

सम्पादकीयमा भारत आफ्नो औपनिवेशिक नीति लिएर हिँडेको भन्दै भुटानलाई पनि सिक्किमीकरण गर्ने प्रयासमा भारत रहेको आरोप लगाएको छ । भारतले दबाब बढाएपछि अहिले भुटान आफ्नो कूटनीतिक रुपमा कमजोर स्थिती प्रदर्शन गर्न थालेको बताउँदै यस्तो स्थितीले भारतलाई फाईदा नहुने चेतावनी पनि दिएको छ । अहिले भुटानको विदेश नीति भारतले नै हेर्ने गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ