arrow

जी २० बैठकमा मोदी र सीजिङपिङबीच भेटवार्ता नहुने 

logo
प्रकाशित २०७४ असार २२ बिहिबार
china-india-flag-1.jpg.jpeg

काठमाडौं । पछिल्लो भारत र चीनबीचको तनाव थप जटील बन्ने देखिएको छ । सिक्किमको बोर्डरमा देखिएको तनाव जर्मनीको हेम्बर्गमा शुक्रबारदेखि सुरु हुने जी २० बैठकमा दुइृ देशीय कार्यकारी प्रमुखबीच वार्ता भएर सुल्झिने अपेक्षा राखिएको भएपनि बैठकमा उनीहरुबीच भेट नहुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

भारतको द हिन्दूले चिनियाँ राष्ट्रपति सिजिङपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने वातावरण नरहेको बताएको छ । हिन्दूले चिनियाँ पक्षले अहिलेको वातावरणले उनीहरुबीच भेटहुने अधिकार नराखेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जेङ सुआङलाई उद्दृत गर्दै लेखेको छ भारतले आफ्नो तर्फ रहेको भारतीय सेनालाई हटाएर तत्कालै त्यहाँको स्थिती शान्त गर्न सक्छ । भारतले सेना हटाएको खण्डमा त्यहाँ तत्कालै शान्ति कायम रहन्छ कुनै वार्ताको जरुरत पर्दैन । पत्रकारहरुको जिज्ञासामा उनले यो कुनै वार्ता गरेर सुल्झाउनुपर्ने विषय नै नरहेको बताए । 

जुलाई ७ र ८ मा जर्मनीको हम्बर्गमा जी २० सभा हुँदैछ । त्यहाँ भारत र चीनका तर्फबाट कार्यकारी प्रमुखको हैसियतले मोदी र सीले पनि सहभागिता जनाउँदैछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ