arrow

वंगाल सरकारले सिक्किमलाई ६० हजार करोड क्षतिपूर्ति दिनुपर्छ : मुख्यमन्त्री चाम्लिङ

logo
प्रकाशित २०७४ असार २३ शुक्रबार
pawan_chamling.jpg

काठमाडौं । सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले वंगाल सरकारले सिक्किमलाई ६० हजार करोड क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । ३२ वर्षदेखि जारी रहेको गोर्खाल्याण्ड आन्दोलनका कारण सिक्किमलाई ६० हजार करोड घाटा लागेकोले त्यो क्षतिको मुख्य कारक नै वंगाल सरकार रहेको उनको ठहर छ । 

अहिले वंगाल सरकारले नाकाबन्दी गरेको तर्फ इंकित गर्दै मुख्यमन्त्री चाम्लिङले वंगालको त्रिणमूल काँग्रेसका कार्यकर्ताहरुले सिक्किमका जनताहरुलाई अनावश्यक दुख दिने र उनीहरुको गाडी समेत तोडफोड गरी सिक्किमबासीलाई आतंकित बनाउने गरेको दाबी गरेको हिमालयन दर्पण दैनिकले जनाएको छ । 

अहिलेको नाकाबन्दी विरुद्ध सिक्किम सरकार सर्वाेच्च अदालत जाने निर्णय भईसकेको भन्दै उनले आफूहरु पश्चिम बंगालको हेपाई खान भारतमा नमिलेको दाबी समेत गरे । उनले गोर्खाल्याण्ड आन्दोलन उनीहरुको संवैधानिक अधिकारको लागि रहेको भन्दै उनीहरुले संविधान अनुसारको अधिकार पाउनै पर्ने भन्दै गोर्खाल्याण्डको खुलेर समर्थन जनाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ