arrow

जर्मनीमा प्रहरी र प्रदर्शनकारीबीच झडप, डेढ सय भन्दा बढी घाइते 

logo
प्रकाशित २०७४ असार २३ शुक्रबार
hamburg-germany-protesters.jpg

ह्याम्बर्ग। जर्मनीको ह्याम्बर्ग शहरमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा १५० भन्दा बढी घाइते भएका छन्। जी–२० सम्मेलनको पूर्व सन्ध्यामा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीतर्फ ७६ जना र उत्तिकै संख्यामा प्रदर्शनकारी घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। झण्डै १२,००० को संख्यामा रहेका प्रदर्शनकारीको र्‍याली रोक्न प्रहरीले हस्तक्षेप गरेपछि घटना हिंसात्मक बनेको बीबीसीले उल्लेख गरेको छ। 

तीन प्रहरी अधिकारीलाई अस्पताल लगिएको छ भने एक प्रदर्शनकारी गम्भीर रहेको बताइएको छ। प्रहरीले माक्स लगाएर अग्रपंक्तिमा रहेका प्रदर्शनकारीलाई मास्क हटाउन आग्रह गर्दा नमानेपछि कार्वाही गरेको जनाएको छ। प्रदर्शनकारीले गाडीमा आगजनी गर्नुका साथै तोडफोडसमेत गरेका छन्। जी–२० सम्मेलनमा भने जलवायु परिवर्तनको विषयमा मतभेद देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौता नमान्ने बताएपछि मतभेद बढेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ