arrow

बेलायतले जनमतसङ्ग्रह पछि प्रत्यक्ष विदेशी लगानीमा ऐतिहासिक आकर्षण

logo
प्रकाशित २०७४ असार २३ शुक्रबार
united-kingdom-uk.gif

लण्डन (बेलायत)। संयुक्त अधिराज्य (यूके)को अन्तर्राष्ट्रिय व्यापार महाशाखाले बिहीबार एक तथ्याङ्क सार्वजनिक गर्दै भनेको छ मुलुक युरोपियन युनियनबाट बाहिरिने वा नबाहिरिने विषयमा भएको जनमतसङ्ग्रहपछि बेलायतले प्रत्यक्ष विदेशी लगानीमा सन् २०१६–०१७ मा ऐतिहासिक आकर्षण गरिएको बताइएको छ।

उक्त अवधिमा रेकर्ड राखेका दुई हजार २०० योजना अघिल्लो बर्षको तुलनामा दुई प्रतिशतको बृद्धि हो। तथ्याङ्कले सो अवधिमा ७५ हजार २२६ रोजगारीका अवसरहरू सिर्जना भएका थिए भने ३२ हजार ६७२ रोजगारीका अवसर गुम्ने स्थितिबाट जोगिएका थिए। यो तथ्याङ्क अनुसार यो समयमा सरदर प्रतिहप्ता दुई हजार रोजगारीका अवसर सिर्जना भएको देखिन्छ।

प्रविधि, नवीकरणीय उर्जा, जीव विज्ञान, र सिर्जनात्मक उद्योगका लागी आकर्षणस्थल भएकाले संयुक्त अधिराज्य आन्तरिक लगानीका लागी यूरोपको सर्वोत्तम गन्तव्य रहेको विभागल जनाएको छ।

“बेलायतले जनमतसङ्ग्रहमार्फत बे्रक्जिटका बिषयमा निर्णय लिएपछि ऐतिहासिक रूपमा लगानी भित्राएको र पछिल्लो समय बेलायत विदेशी लगानीकर्ताका लागी व्यापक आकर्षणको केन्द्र बनेको छ,” बेलायतका अन्तर्राष्ट्रिय व्यापार सचिव लियाम फक्सले जनाए।

लगानीकर्ता मुलुकमध्ये संयुक्त राज्य अमेरिका सवैभन्दा अग्रणीस्थानमा देखिएको र यसले जम्मा ५७७ आयोजनामा लगानी गरेको विभागको भनाई छ। चीन र चीनको विशेष प्रशासनिक क्षेत्र हङकङले पनि बाँकी १६० आयोजनामा अन्य मुलुकको तुलनामा उल्लेख्य लगानी गरेका बताइएको छ। रासस-सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ