arrow

चीनले लगाएको आरोपको प्रतिकारमा यसरी उत्रिए भारतीय मिडिया

logo
प्रकाशित २०७४ असार २३ शुक्रबार
india_sikkim_china1.jpg

काठमाडौं । बुधबार चीनको सरकारी सञ्चारमाध्यम ग्लोवल टाईम्सले भारतमाथि एउटा संगीन आरोप लगायो । भुटानलाई आफ्नो गुलाम बनाएको, सिक्किम हडपेको र हिमालयन मुलुकहरुको सार्वभौमसत्तामाथि आक्रमण गरेको आरोप उक्त अनलाईनको सम्पादकीयमा नै आएपछि भारतीय आमसञ्चारमाध्यमहरुले पनि चीन माथि अर्काे आरोप लगाएका छन् । उनीहरुले भारतले नभई चीनले नै साना मुलुकहरुलाथि दादागिरी देखाएको आरोप लगाएका छन् । 

भारतको चर्चित अनलार्इन नवभारत टाइम्सले चीनले भुटानलाई मात्रै नभई कैयौं साना मुलुकहरुमाथि मनोमानी गरिरहेको आरोप लगाएको छ । उक्त अनलाईनले सिक्किम बोर्डरलाई लिएर चीनले गरेको मनोमानी दुनियाँले देखिरहेको भन्दै चीनले यसपटक मुस्किलको सामना गर्नुपर्ने बताएका छन् । सीमा जोडिएका मुलुकहरुमा पछिल्लो एक दशकदेखि चीनले यस्तै मनोमानी गर्दै आईरहेको बताईएको छ । 

मध्य एशिया, दक्षिण(पूर्व एशिया तथा पूर्वी एशियाका अनेकौं मुलुकहरु चीनको यो रबैयाको शिकार बनेको आरोप उनीहरुले आरोप लगाएका छन् । तजाकिस्तान, किर्गिस्तान, भियतनाम, लाओस, कम्बोडिया, ताइवान तथा जापान समेत चीनबाट पीडित भएको उनीहरुको बुझाई छ । बढी व्याजमा कर्जा दिने र तिर्न नसके आफूले लगानी गरेको प्रोजेक्ट तथा भूमि समेत हडप्ने काममा चीन पहिलेदेखि नै सक्रिय रहेको आरोप उनीहरुले लगाएका छन् । सीमा विवादकै कारण चीनको धेरै मुलुकहरुसँग सम्बन्ध विग्रिएको उनीहरुको आरोप छ । 

चीनको १३ देशका २२ हजार किलोमिटरको बोर्डर रहेको छ । यसमा उत्तरकोरीया, रूस, मंगोलिया, कजाकिस्तान, किर्गिस्तान, तजाकिस्तान, अफगानिस्तान, भारत, नेपाल, भूटान, म्यान्मार, लाओस तथा भियतनाम रहेका छन् । पाकिस्तानसँग पनि चीनको सीमा जोडिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ