arrow

आगलागीमा एकै परिवारका चारको मृत्यु

logo
प्रकाशित २०७४ असार २३ शुक्रबार
aglagi.jpeg

नयाँ दिल्ली। भारतको राजधानी नयाँ दिल्लीमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी एकै परिवारका चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक व्यक्ति घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । 

पश्चिमी दिल्लीको सिमापुरी क्षेत्रमा रहेको एक भवनमा सो आगलागी भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान ०३ बजे सो आगलागी सुरु भएको हो । भवनभित्र भीषण लागलागीमा परी चार व्यक्ति मृतक र एक घाइते अवस्थामा फेला परेका प्रहरी स्रोतले एएफपी समाचार समितिलाई जानकारी दिएको छ । 

आगलागीको कारण स्वासप्रस्वासमा आएको समस्याको कारण ती व्यक्तिको मृत्यु भएको प्रहरीको अनुमान रहेको समाचारमा जनाइएको छ । आगो उक्त भवनभरि नै फैलिएकोले आगलागी नियन्त्रणको लागि अग्नी नियन्त्रकलाई तत्काल परिचालन गरिएको प्रहरीले जनाएको छ । 

विद्युतीय लाइनमा आएको खराबीको कारण सो आगलागी भएको प्रहरीले थप जानकारी दिएको पनि समाचारमा उल्लेख गरिएको छ । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ