arrow

जि२० सम्मेलन : ट्रम्प–पुटिन शुक्रबार भेटवार्ता हुने

logo
प्रकाशित २०७४ असार २३ शुक्रबार
news-trump-badhai-putin.jpeg

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार भेटवार्ता हुने सम्भावना रहेको छ। दुई देशका राष्ट्रपतिको हैसियतमा यो उनीहरुबीचको पहिलो भेटवार्ता हो। यो भेट उनीहरुबीच दुई देशबीचको सम्बन्ध थप विकास र प्रवर्धनका लागि पहिलो परीक्षणका रुपमा पनि हुने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जि२० समूहको सम्मेलनमा सहभागिताका लागि जर्मनीको ह्यामबर्ग गएका छन्। सो सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि शुक्रबार नै पुगेका छन्। उनीहरुबीच शुक्रबार ह्याम्बर्गमा नै द्विपीक्षय भेटवार्ता हुने अनुमान गरिएको छ। ब्रुकिङ इन्स्टिच्युटका एकजना वरिष्ठ कूटनीतिज्ञ दारेल वेस्टले भनेका छन् “यो भेटवार्ता अमेरिकाले रुसी सरकारसँगको सम्बन्ध विस्तारको लागि एक महत्वपूर्ण अवसर हुनसक्छ।”

रुससँग संयुक्त राज्य अमेरिकाका धेरै विषयमा मतभेदहरु छन्। जस्तो कि सन् २०१६ को आम निर्वाचनमा रुसको संलग्नताको कुरा पनि बाहिर आएको थियो। यद्यपि यो मुद्धा पुष्टि भइसकेको भने होइन।

त्यसैगरी उत्तर कोरिया र सिरियाको द्वन्द्वका विषयमा पनि रुस ती देशसँग बढी लचिलो हुने गरेको आरोप पनि लाग्ने गरेको छ। जसका कारण पनि उनीहरुबीचमा शुक्रबार हुनसक्ने पहिलो बैठकले यी विषयमा थप स्पष्ट हुन सहयोग पुर्‍याउने अनुमान गरिएको छ।

कूटनीतिज्ञ ब्रुकले भने “रुस र अमेरिकाका बीचमा धेरै कुरा जोडिएर आएका छन् र त्यसमा पनि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प आएपछि राजनीतिको अर्को अध्यास सुरु भएको छ, त्यसैले मेरो बिचारमा यो उहाँहरुको सम्बन्ध सुधारको एक महत्वपूर्ण अवसर हुन सक्छ।

पछिल्लो समयमा उत्तर कोरियाले गर्ने गरेको आणविक परीक्षणको विषय अमेरिकाको लागि सबैभन्दा ठूलो चिन्ताको वषय भएको र उत्तर कोरियाप्रति रुस विगत देखि नै तटस्थ रहँदै आएकोले उहाँहरुका बीचको सम्बन्ध थप सुमधुर बन्ने अनुमान गर्न निकै कठिन रहेको विश्लेषकहरुको भनाई छ।

जर्मनीको ह्याम्बर्गमा हुन लागेको जि२० को सम्मेलनमा सहभागिताका लागि विश्वका नेताहरु शुक्रबार जर्मनी पुग्ने क्रम सुरु भएको छ। सो सम्मेलनमा चीन, भारत, बेलायत लगायतका देशका नेताहरु पनि सहभागी हुनुहुने छ।

दुई दिनसम्म सञ्चालन हुने उक्त सहरमा शुक्रबारदेखि सुरु हुन लागेको छ। ह्याम्बर्गबाट प्राप्त समाचार अनुसार विश्वका नेताहरु शुक्रबार त्यहाँ पुग्ने क्रम सुरु भएको बताइएको हो।

यस संगठनमा विश्वका २० वटा शक्ति सम्पन्न र धनी देश सदस्य रहेका छन्। सम्मेलनमा विशेषगरी विश्वको वर्तमान आर्थिक अवस्था र एजेण्डका बारेमा छलफल हुनेछ।

विश्वका आर्थिक एजेण्डका बारेमा सो सम्मेलनमा व्यापक मात्रामा छलफल हुने बताइएको छ। यस बारेमा जि२० समूहका नेताहरुले विगत लामो समयदेखि नै गृहकार्य गरेका थिए। रासस÷सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ