arrow

ट्रम्प र पुटिन आमने सामनेः अमेरिकी चुनावमा रुसले कुनै गतिविधि नगरेको स्पष्ट

logo
प्रकाशित २०७४ असार २४ शनिबार
trump-putin.jpg

जर्मनी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आमने सामने भएका छन् । जर्मनीमा भइरहेको जी–२० सम्मेलन चलिरहँदा यी दुई नेताहरु पहिलो पटक आमने सामने भएका हुन् ।

सो क्रममा दुई नेताबीच अमेरिकी चुनावमा रुसी ह्याकिङको आरोपबारे छलफल भएको छ । 

पुटिनले अमेरिकी चुनावमा प्रभाव पार्ने खालको कुनै गतिविधि रुसले नगरेको बताएको रुसी विदेश मन्त्री सर्गेइ लाभलोभले बताए ।

ट्रम्प र पुटिनबीचको वार्ता निकै गहन भएको अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनको भनाइ छ । वार्ताका क्रममा दुई नेताबीच सिरियामा संघर्ष विराम गर्न सहमति भएको छ ।

दक्षिण पश्चिमी सिरियामा संघर्ष रोक्ने सहमति आइतवारबाट लागू हुनेछ । सम्झौतामा जोर्डन पनि संलग्न रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ