arrow

अमेरिकी प्रथम महिला मेलानी प्रदर्शनकारीको घेराबन्दीमा

logo
प्रकाशित २०७४ असार २४ शनिबार
melani_tramp.jpg

जर्मनी । जर्मनीको हम्बर्गमा जी २० विरुद्ध प्रदर्शन गर्नेहरुले अमेरिकी प्रथम महिला मेलानी ट्रम्पलाई शुक्रबार उनको आबासगृहमै घेराबन्दीमा पारेका छन् । 

राजनीतिक नेताहरुका श्रीमतीहरुका लागि उत्तरी जर्मनीमा आयोजित छोटो एउटा कार्यक्रममा उनीहरु सहभागी हुनुभएको ट्रम्पका प्रवक्ताले जानकारी दिए। “हम्वर्गको प्रहरीले उहाँ बसेको आबास गृहबाट उनीहरुलाई सजिलैसँग हटाउन सकेन,” उनको प्रवक्ता स्टेफन ग्रिशामले भने। जलवायु केन्द्रमा जानुको सट्टा प्रथम महिलाहरु जलवायु बैज्ञानिकहरुको प्रस्तुतिका लागि हम्वर्ग होटल जाँदै थिइन् । जर्मनीको समाचार संस्था डिपिएले ४७ बर्षीया ट्रम्प शुक्रबार अन्य भ्रमणहरुमा निस्कन पाइन्न । 

प्रहरीले प्रदर्शनकारीहरुलाई हटाउनका लागि रातभरी पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको देखिएको थियो । प्रदर्शनका क्रममा १५९ जना अधिकृतहरु र प्रदर्शनकारीहरु घाइते भएका छन् । प्रदर्शनकारीहरुको प्रदर्शन शुक्रबार विहानै देखि सुरु भएको थियो । कारहरुमा आगजनी गर्ने, झ्यालहरु तोडफोड गर्ने, प्रहरीको हेलिकोप्टरमा आगो फाल्ने र क्यानडाका सहभागीको कारमा धम्की दिने लगायतका कार्य प्रदर्शनकारीहरुले गरेका थिए । 

प्रदर्शनकारी र प्रहरीले कुकुर र विरालो झै लुकामारी गर्दै अवरोध तथा सुरक्षा प्रदान गर्ने काम गरिरहेका थिए र नेताहरुलाई सम्मेलन स्थलमा पुग्न रोकीरहेका थिए । शुक्रबार मात्रै सुरु भएको दुई दिने सम्मेलनका लागि झण्डै २० हजार प्रहरी अधिकृतहरु खटाइएको थियो । उनीहरुसँग हेलिकोप्टर, पानीको फोहोरा हान्ने ट्रक र निगरानी गर्ने ड्रोनहरु पनि रहेका थिए । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ