arrow

दार्जिलिङमा खानाको हाहाकार, आधा रातमा सधैं चल्छ 'लूटपाट उत्सव'

logo
प्रकाशित २०७४ असार २४ शनिबार
darjeling_bazaar.jpg

काठमाडौं । दार्जिलिङमा गोरखा जनमुक्ति मोर्चाको अनिश्चितकालीन हड़तालको असर देखिन थालेको छ । दार्जिलिङबासीको बन्दकका कारण खान नमिलेपछि अहिले पसल तथा घरमा समेत लूटपाट सुरु भएको छ। यहाँ गुड्ने गाडीलार्इ रोकेर समेत स्थानीयहरुले लूट्न सुरु गरेका छन् । बिहीकार जीजेएमको नेतृत्वमा बसेको सर्वदलीय बैठकमा १३ जुन देखि चलिरहेको बैठक १८ जुलार्इदेखि बढाउने निर्णय गरिएको छ । 

अहिले दार्जिलिङबासीहरुले ब्राण्डेड ज्याकेट तथा ट्राउजरमा १५ देखि १५ वर्षबीचका स्थानीयहरु राती १० बजेपछि दार्जिलिङको सडकमा हिँड्ने गरेका छन् । उनीहरुले अनुहारमा सबै छोपिने गरी माक्र्स लगाउन थालेका छन् भने हतियार समेत बोकेर लूटपाट मच्चाईरहेको भारतको नवभारत टाईम्सले समाचारमा उल्लेख गरेको छ । उनीहरुले मात्रै खानको लागि अन्यत्रबबाट आउने सवारी साधनमाथि लूटपाट समेत मच्चाईरहेका छन् । 

दार्जिलिङमा विदेशी मुद्रा सटही पसल चलाएर बसेका प्रमोद राय (परिवर्तीत नाम) बताउँछन् । ''म गार्खाल्याण्डका समर्थन गर्छु तर, यसका साथै मैले मेरो परिवारको पेट पनि त भर्नुपर्यो नि । घरमा चामलका डब्बा खाली भईसकेको छ । तेल तथा सागसब्जी पनि थोरै मात्र बाँकी रहेको छ । यो पनि दुई दिनमा सकिन्छ । मलाई थाहा छ कि केही पसलमा चामल र अरु पनि खाद्यान्न स्टक छ । तर उनीहरुले बेचिरहेका छैनन् । त्यसैले म यस्तो कामका लागि सडकमा आएको छु ता कि आफू र आफ्नो परिवारलाई बचाउन सकूँ । 

एक होटलमा काम गर्दै आएका सञ्जु तामाङ  हरेक रात खाली पेट ९ बजेपछि टर्च तथा छाताका साथ घरबाट निस्कने गरेका छन् । हरेक पसलको ढोका ढकढकाउँछन् । सञ्जु भन्छन् म कोल्ड ड्रिक्सदेखि लिएर गएर चामलसम्म जे पाउँछु किनेर नै लैजान्थेँ तर एउटा समस्या के छ भने यहाँ कोही पनि सामान बेच्न चाहँदैनन् । 

बिहीबार राती ११ बजेको हाराहारीमा चोक बजारको आसपास १ सय ५ण् भन्दा बढी पुरुष तथा महहिलाहरु प्रहरी विरुद्ध प्रदर्शन गरिरहेका छन् । यो भीडमा एकजना उच्च अधिकारी पनि थिए । उनीहरु प्रहरीसँग खाना मागिरहेका थिए । नाम नबताउने शर्तमा ती अधिकारीले भने ''३ दिन पहिले उनले आफ्नो घरबाट केही अन्न ल्याएर ७ जना युवाहरुलाई दिए । बिहीबार पनि जब उनीहरुले ती प्रहरी अधिकारीलाई देखे तक उनीहरु फेरि खाना माग्नको लागि प्रदर्शन गर्न थाले । मैले उनीहरुको फोन नम्बर मागेर राखेको छु ताकि जब खानाको बन्दोबस्त हुन्छ । तब फोन गर्छु भनेर''  उनले भने । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ