arrow

जापानमा बाढी, १५ जनाको मृत्यु, हराइरहेकाको खोजी जारी

logo
प्रकाशित २०७४ असार २४ शनिबार
news_japan.jpg

टोकियो । जापानको दक्षिणी क्षेत्रमा आएको बाढीमा परी मर्नेको संख्या १५ पुगेको छ । बाढीमा हराएका १५ जनाको खोजी भइरहेको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।

बाक्लो लेदोका कारण उद्धारकर्तालाई  कठिनाइ भइरहेको छ । फुकुओका प्रान्तमा बाढीले बढी असर गरेको छ । कयौँको उद्धार भएको छ ।

क्युशु टापुको सडकमा २० इन्चसम्म पानी जमेको छ भने घरहरु भत्किएका छन् । यस्तै, सकड बाटो समेत बाढीले बगाइदिएको बीबीसीले उल्लेख गरेको छ ।

उद्धारमा १२ हजार बढी सेना, प्रहरी अटिएका छन् । यो क्षेत्रमा अझै भारी वर्षा हुने अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ