arrow

 ७८ आतङ्ककारीको मृत्यू 

logo
प्रकाशित २०७४ असार २४ शनिबार
Afganistan_Attack.jpg.jpeg

काबुल ।  अफगानिस्तानको विभिन्न ठाउँमा भएको सुरक्षा कारबाहीमा ७८ जना आतङ्ककारी मारिएका छन् । गत २४ घन्टामा भएका कारबाहीमा ती आतङ्ककारी मारिएका हुन् । 

सुरक्षा कारबाहीका क्रममा ७८ मारिनुको साथै अन्य ४३ जना घाइते भएका गृह मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिमा जानकारी दिइएको हो । “गत चौविस घण्टामा अफगानिस्तानको राष्ट्रिय सुरक्षा बलले आतङ्ककारी विरुद्धको सात ओटा सुरक्षा कारबाही चलाएको थियो । ती कारबाहीका क्रममा ७८ जनाको मृत्यु भएको छ भने, ४३ जना घाइते भएका छन्,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा लेखिएको छ । 

अफगानिस्ताको उरुज्गान, नान्गार्हार, हास्का मिना, सिन्वार, कान्दाहार र कुन्दुज बाल्ख प्रदेशको सो कारबाही जारी रहेको थियो । मन्त्रालयको विज्ञप्तिमा ठूलो सङ्ख्यामा हातहतियार र विस्फोटक पदार्थ बरामद गरी नष्ट गरिएको पनि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । तर यस कारबाहीको क्रममा सुरक्षाकर्मीतर्फ भने कुनै क्षति भएको वा नभएको बारेमा विज्ञप्तिमा केही उल्लेख गरिएको छैन । 

अफगानिस्तानको सुरक्षा बलले तालिवान लडाकूहरुका विरुद्धमा केही समयदेखि सुरक्षा कारबाही बढाएको र यस केही सीमासम्म सफलता पनि प्राप्त भएको जनाएको छ । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ